काठमाडौंका तीन लाउञ्ज

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७४- 

काठमाडौंमा हरेक शुक्रबार लाउञ्जमा गएर लाइभ म्युजिक तथा डिजको तालमा नाँच्दै पिउने– पिलाउने अनि खानेकुराहरूको आनन्द लिने जमात बढ्दो छ । काठमाडौंमा अहिले तीन दर्जनभन्दा बढी लाउञ्ज सञ्चालनमा भएको बताइन्छ । तीमध्ये केहीले आफूलाई विकेन्ड हबका रूपमा स्थापित गरिसके पनि केही स्थापित हुने क्रममा छन् । विकेन्डमा रमाउनेहरूको रोजाइ बन्दै गएका यी लाउञ्जमा दसैंपछिको यो विकेन्ड मनाउने पो हो कि ?

 

अलिशान लाउञ्ज बार, हात्तीसार

कमलपोखरी नजिकै कृष्ण पाउरोटी चोकमा अवस्थित यो लाउञ्ज बार विशेष गरी भारतीय परिकारका लागि चर्चित छ । हरेक साँझ रमझम हुने भए पनि विकेन्डमा लाइभ ब्यान्डका गीत–संगीत सुन्दै झुम्न यो लाउञ्ज पुग्न सकिन्छ ।

 

ओजी लाउञ्ज, ठमेल

ठमेल चोकमा अवस्थित ओजी लाउञ्ज अमेरिकन स्टाइलको लाउञ्ज हो । हरेक साँझ विशेष कार्यक्रम सञ्चालन हुने ओजी लाउञ्ज केही महिनाअघि मात्र सञ्चालनमा आएको हो । छोटो समयमै विकेन्ड पारखीहरूको रोजाइमा परेको ओजी लाउञ्जको विकेन्ड नाइट विशेष हुने गरेको छ ।

 

कौजी लाउञ्ज, कमलादी

यदि तपाईं पार्टी एनिमल हो भने कौजी तपाईंले खोजेको स्थान हुनसक्छ । कमलादीस्थित कौजी लाउञ्जले पार्टीका सौकिनहरूको मन जित्दै आएको छ । हरेक साँझ सात बजेपछि लाइभ ब्यान्डसहित इन्डियन, नेपाली, कन्टिनेन्टल तथा चाइनिज परिकारहरूको स्वाद लिन पाइने कौजीमा नेपाली तथा विदेशी ब्रान्डका विभिन्न मदिरा समेत उपलब्ध हुन्छन् ।

प्रकाशित :आश्विन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्