चाडपर्वमा जित र हारको खेल कत्तिको भैरहेको छ ?

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७४-

 

दसैंमा जित र हारको खेल आत्मीय ढंगबाट सम्पन्न भएको थियो । दसैंपछि जित र हारको खेल तँछाड–मछाड तरिकाले अझैं कडा र द्रुत गतिमा भैरहेको छ ।

- सन्तोष श्रेष्ठ, संगीतकार

 

भैरहेकै छ, अझै भैरहने समय बाँकी छ ।

- खुश्बु खड्का, अभिनेत्री

 

कुर्सीमा बस्नेहरू सधै जितिरहन्छन् । खेतमा पसिना बगाउनेहरू हारिरहन्छन् । हाम्रो देशमा यो खेल सधैं चलिरहकै छ— हाम्रो देशको नियति । 

- प्रमोद खरेल, गायक

 

मेरो जित अरूको भन्दा फरक छ । आफू गीत–संगीतको क्षेत्रमा जित्नका लागि १०–१२ वर्षदेखि दु:ख गरिरहेको छु । यसपालि दसैंमा सांगीतिक कार्यक्रमका लागि साइप्रस आइपुगेको छु । त्यसैले आफ्नो कमाइलाई नै मैले  मेरो सबैभन्दा ठूलो जित मानेको छु ।

- कृष्ण काफ्ले, गायक

 

मैले त बुझिनँ, कस्तो जित–हारको खेल भन्नुभएको ?

- दुर्गा खरेल, गायिका

 

एकदमै चलिरहेको छ । अहिले पनि खेल भैरहेको छ र म हार्दैछु ।

- नीतु पोखरेल, अभिनेत्री

 

यसपालि रमाइलो टिभी र एक्सन स्पोर्ट्सको ओपनिङमा साह्रै व्यस्त भएँ । अष्टमीको रात जन्मस्थल स्याङ्जाको कालीगण्डकी गाउँपालिका पुगेँ । नवमीको दिन तीर्थस्थल आलमदेवीको दर्शन गर्दैमा बित्यो । टीकाको दिन टिका लगाउँदैमा बित्यो । यो पल्ट तास खेल्न त परै छाडौं, छुन पनि भ्याइएन । 

- दयाराम पाण्डे, गीतकार/टेलिभिजनकर्मी

 

पूरै हार भयो, जुठो परेर दसैंमा त्यति रमाइलो भएन । 

- जान्वी बोहोरा , अभिनेत्री

 

गिद्धैगिद्धको सहरमा म जस्तो सिनोको कसरी हुन्छ जित ?

- मौसम मधुर, गायक

 

एकदिन खेल्दा नराम्रोसँग हारियो । त्यसको पर्सिपल्ट त्यसको दोब्बर जितियो । यस्तो खेल रमाइलोका लागि दसैं–तिहारमा मात्र खेल्ने गरेको छु ।

- युवराज चौंलागाईं, गायक

 

खेलेको भए पक्कै हार्थें । आफूलाई त एक–दुई पेग लगाएपछि संसारै जितेजस्तो लाग्छ अनि भुक्लुक्क निदायो । सपनामा कहिले जितिन्छ, कहिले हारिन्छ । ब्युँझियो, जस्ताको तस्तै ।

- भोलाराज सापकोटा, अभिनेता 

 

यो पालि हारको खेल भयो, अब तिहारमा ऐश्वर्य लागेपछि जित होला भन्ने आशा छ ।

- दिवाकर भट्टराई, निर्देशक

 

जिन्दगी नै हार र जितको खेल होइन र ?

- विश्वेश श्रेष्ठ, व्यवसायी

 

यो पालि मलाई खासैं दसैं लागेन । काम गर्नु परेकाले जुवाले भन्दा कामले मलाई जित्यो ।

-प्रवीण श्रेष्ठ, निर्देशक/सम्पादक

 

मैले त यो प्रश्न नै बुझिनँ ।

- श्रद्धा प्रसाईं, अभिनेत्री

 

यो पाली नो कार्ड्स, स्पोर्ट्स च्यानल हेरेरै रमाइलो गरियो । 

- सुनिल थापा, अभिनेता

 

आफ्नो चाहिँ यो पालि खासै हार नभएको, जितैजित मात्र भएको र दसैं साह्रै राम्रो भएको अवस्था ।

- किरण लाकौल, अभिनेता

 

हरेक पल हारजितको खेल हुन्छ । जिन्दगी नै हारजितको खेल हो । जति नै जिते पनि एकदिन हार्नु नपर्ने कोही छैनन् । 

- नृपेश उप्रेती, गीतकार

 

जिन्दगी रहुञ्जेल जित र हारको खेल भैरहन्छ । दसैंपछिको त झन के कुरा भयो र ?

- नरेन्द्र कंसाकार, अभिनेता

 

दसैंअघि पनि थियो, अहिले पनि निरन्तर छ ।

- लक्ष्मण पौडेल, निर्देशक, नेपाल आइडल 

 

जित र हारको खेल भैरहेकै छ, तर तासको होइन गाँसका लागि ।

- बुद्धि तामाङ हैट, अभिनेता

 

खेल जित र हारकै लागि खेलिने भएकाले हार वा जित जे भए पनि स्वीकार गर्नुपर्छ ।

- सौरभ अधिकारी, अभिनेता

 

एकदम, किनभने दसैंअघि धेरै हारेँ, अब जित्छु कि भन्ने आशा छ ।

- भावना गुरुङ, मोडल

 

प्रकाशित :आश्विन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्