भरतपुरमा फुडकोर्ट

- साप्ताहिक संवाददाता

आश्विन २२, २०७४

चितवनको भरतपुरस्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तलामा ‘द फुड कोर्ट’ सञ्चालनमा आएको छ । सम्भवत: भरतपुरकै पहिलो उक्त फुडकोर्टको औपचारिक उद्घाटन तिहार अघिनै हुने बताइए पनि सञ्चालनमा आइसकेकाले त्यहाँ पारखीहरूको भीड भने हरेक दिन भैरहेको सञ्चालक सुशान्त सिंह ठकुरीले बताए । द फुड कोर्टमा १० वटा भान्छा छन् ।

एउटा भान्छामा पाक्ने परिकार अर्को भान्छामा पाक्दैन । ग्राहकले अर्डर गरेपछि सम्बन्धित भान्छामा रहेका २५ भन्दा बढी कुक तथा सेफले खाना तयार पार्छन् । बर्गर, चाइनिज, शाकाहारी, पिज्जा, मुगलाई, नेवारी, तन्दुरी तथा कन्टिनेन्टल परिकारहरू उक्त फुडकोर्टमा उपलब्ध छन् ।

३० भन्दा बढी परिकार पाक्ने फुडकोर्टमा मदिराका लागि बार र कफी तथा जुसका लागि छुट्टै कोर्ट छन् । अढाई सय व्यक्ति एकसाथ अट्ने यस्तो फुडकोर्ट चितवनवासीहरूका लागि नौलो भएको सञ्चालक ठकुरी बताउँछन् । एसी सहितको उक्त फुडकोर्टमा गार्डेन सिटिङ तथा धुम्रपानका लागि समेत स्थान पनि छुट्टयाइएको छ । 

 

प्रकाशित :आश्विन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्