बन्द हुँदैछन् यी सेवा

- साप्ताहिक संवाददाता

आश्विन २२, २०७४

कुनै समयमा लोकप्रिय रहेका प्रविधि बिस्तारै काम नलाग्ने हुन्छन् । समयको मागअनुसार ती प्रविधिमा परिमार्जन पनि गर्नुपर्ने हुन्छ । यस पटक पनि विभिन्न सफ्टवेयर वा यस्तै प्रविधिमा परिमार्जन गर्ने वा कतिपय बन्द हुने समाचार आएका छन् । 

एडोब फ्ल्यास प्लेयर

एडोब कम्पनीले आफ्नो फ्ल्यास प्लेयर बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी सन् २०२० सम्ममा यसलाई बन्द गरिने बताएको छ । आगामी तीन वर्षसम्म विभिन्न चरणमा फ्ल्यासलाई सपोर्ट गर्ने सेवा बन्द गरिनेछ । त्यसपछि सन् २०२० देखि एडोब फ्ल्यास प्लेयर अपडेटसमेत बन्द हुनेछ भने वेब ब्राउजरले पनि यसलाई सपोर्ट गर्ने छैन । करिब २० वर्ष पहिलेदेखि प्रयोगमा आएको यो सफ्टवेयरबाट धेरै गेम्स, भिडियो प्लेयर तथा एप्सहरू निर्माण गरिएको थियो र ती विभिन्न वेब ब्राउजरमा चल्थे । 

 

माइक्रोसफ्ट पेन्ट

माइक्रोसफ्टले करिब ३२ वर्ष पहिले प्रयोगमा ल्याएको माइक्रोसफ्ट पेन्ट अर्थात् एमएस पेन्ट बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले आफ्नो पछिल्लो भर्सन विन्डोज १० मा विभिन्न अपडेट गर्न लागेको छ । यसमा विभिन्न परिवर्तन हुने समाचारसमेत आएका छन् । यस्तो परिवर्तनकै क्रममा माइक्रोसफ्ट पेन्ट बन्द हुने भएको हो । 

माइक्रोसफ्ट पेन्ट खासगरी कम्प्युटर सिक्ने प्रारम्भिक चरणमा रहेकाहरूले बढी प्रयोग गर्छन् । माइक्रोसफ्ट पेन्टलाई सन् १९८५ मै विन्डोज १.० का साथ प्रस्तुत गरिएको थियो । त्यसैले यो लामो समयदेखि लोकप्रियसमेत थियो । 

माइक्रोसफ्ट विन्डोज १० अपडेट गर्दा पेन्टबाहेक अन्य टुल्ससमेत हटाउने योजना बनेको बताइएको छ । यसो गर्दा आउटलुक एक्सप्रेस, रिडर एप आदि 

पनि हटाइनेछ ।

प्रकाशित :आश्विन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्