यही वर्ष आउला त कृ ?

- साप्ताहिक संवाददाता

आश्विन २२, २०७४-

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ उनकै लोकप्रियताका कारण बहुप्रतिक्षित चलचित्र भएको छ । बहुप्रतिक्षित त भयो, तर प्रदर्शन मिति कुर्दा–कुर्दै दर्शकहरूलाई भने वाक्क लाग्ने बेला भैसक्यो । छायांकनमा जानुअघि ‘कृ’लाई यही वर्षको भदौ १६ गते रिलिज गरिने बताइएको थियो ।

भुवन केसी र सुवास गिरीले संयुक्त रूपमा निर्माण गरिरहेको ‘कृ’लाई छायांकनका बेला प्रदर्शन मिति एक साता अघि सारेर भदौ ८ तोकियो, तर छायांकन लम्बिँदै गएपछि अनमोलको लुक्स सार्वजनिक गर्दै फेरि आएर कात्तिक ३ गतेको मिति तय गरियो । अहिले फेरि चलचित्र ‘कृ’ त्यो मितिमा पनि नआउने भएको छ किनभने हालसम्म यो चलचित्रको छायांकन सकिएकै छैन ।

यसबीच अनमोल अमेरिकामा एवार्ड थाप्न पुगे । मनाङमा गरिनु पर्ने दश दिनको छायांकन अब दसैंपछि गरेर ‘कृ’लाई शिवरात्रीका बेला प्रदर्शन गर्ने तयारी भैरहेको बताइन्छ । उक्त मितिमा पनि प्रदर्शनमा आउन नसके चलचित्र ‘कृ’ यो वर्ष प्रदर्शनमा आउने संभावना टरेर जानेछ । एक वितरकका अनुसार यो वर्षका लागि त्यसपछिको कुनै पनि मिति खाली छैन । 

 

प्रकाशित :आश्विन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्