महिनामा एकपल्ट नुहाएर पानी बचाउँछु

- संकलक : जीवन भट्टरार्इ

आश्विन २२, २०७४

 

 

जीएफ : तिमी के काम गर्छौ खडु ?

खडानन्द : समाजसेवा ।

जीएफ : वाउ ! समाजसेवी पो रै’छौ त, के गर्छौ समाजका लागि.....?

खडाननन्द : महिनामा एकपल्ट मात्र नुहाउँछु, पानी बचाउँछु समाजका लागि ।

खडानन्द र जीएफ

खडानन्द : ठूलो घर किन्दिन्छु तिम्लाई, कार किन्दिन्छु, सुनै सुनले झकिझकाउ पार्दिन्छु ।

जीएफ : भरे पार्कमा त आउँछौ होला नि भेट्नलाई (फोनमा) ...?

खडानन्द : अँ, आउँला साथीले बाइक दियो भने ।

खडानन्दकी जीएफको फेसबुक स्टाटस

जीएफ : बिस्तारै आऊ तिमी ... मेरो दिलमा बास गर ।

खडानन्दको कमेन्ट

खडानन्द : आउन त बिस्तारै आउदै थिएँ, तर तिम्रा 

छिमेकीहरूले चोर सम्झेर कुटेर खेदाए र पो !

खडानन्द स्कुलमा ।

खडानन्द : पार्लेजी बिस्कुटको प्याकेटमा भा’को हरियो डट (.) को अर्थ के हो ....?

बिर्खे : त्यसको अर्थ पार्लेजी सधैं अनलाईन छ भन्ने हो सर !

खडानन्द झोक्राएर बस्या थिए ।

साथी : के भयो खडु ? किन झोक्राएर बस्या ?

खडानन्द : नेपाली विषयमा म धेरै कमजोर थिएँ यार । आज बिहानै पत्नीलाई एसएमएस पठाएको थिएँ । ‘प्रियतमा’ को ठाउँमा गल्तीले ‘प्रेतआत्मा’ लेखिएछ, भोकै छु यार । बिहानदेखि १ कप चिया समेत खान पा’को छैन ।

प्रकाशित :आश्विन २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्