सर्वाधिक लामो खुट्टा

- एजेन्सी

आश्विन २१, २०७४-

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले सन् २०१८ का लागि प्रकाशित गरेको ६३ औं संस्करणको पुस्तकमा सर्वाधिक लामो खुट्टा भएकी महिलामा रूसकी इकातेरिना लिसिनाको नाम छ ।

बास्केटबलकी २९ वर्षीया खेलाडी लिसिनालाई गिनिज बुकले आफ्नो पछिल्लो संस्करणमा समावेश गरेपछि स्थानीय टेलिभिजन आइटिभीले अन्तर्वार्ताका लागि बोलाएको थियो । उभिएर अन्तर्वार्ता लिने क्रममा पत्रकारलाई अप्ठ्यारो भएपछि सानो भर्‍याङमा चढेर उक्त कार्यक्रम सञ्चालन गर्नुपरेको थियो । ६ फिट ८ दशमलव ७७ इन्च अग्ली लिसिनाको खुट्टा ५२ इन्च अग्लो छ । रूसकै सर्वाधिक ठूलो पैताला भएकी महिलाका रूपमा समेत रेकर्ड बनाएकी लिसिनालाई लामो खुट्टा भएकै कारण बास्केटबल र मोडलिङमा फाइदा पुगेको छ ।

सार्वजनिक स्थलमा हिँड्डुल गर्दा धेरैको ध्यान आकृष्ट गर्न सफल भएकाले पनि भीडमा आफु सधै अलग देखिने उनको अनुभव छ । लिसिनाको घर परिवारमा सबै जना अग्ला नै छन् । उनका बुबा ६ फिट ५ इन्च अग्ला छन् भने आमा ६ फिट १ इन्च अग्ली छिन् । 

 

प्रकाशित :आश्विन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्