म्यासेज ब्लक

- प्रदिप सुवेदी

आश्विन २१, २०७४-

६ वर्ष पहिले बागबजारको एउटा ट्युसन सेन्टरमा भएको हाम्रो भेट भावनात्मक रूपमा झाङ्गियो । हल्का मस्कामस्की, चुस्काचुस्की, मुक्कामुक्की हुँदै ‘सेयरिङ एन्ड केयरिङ’ को दर्शन फलो हुन थाल्यो । दिनमा रङ्ग थियो, रातमा तरङ्ग थियो, किनभने एउटा मीठो साथको आभास थियो, मनमा पूर्ण विश्वास थियो । समयको गतिसँगै मनका कुनाकाप्चाका भावहरू जागतृ भए, रहरहरू बढ्दै थिए । सपना सजिँदै थिए । 

ट्युसन क्लास सकियो । भेटघाटमा कमी आयो । जीवनमा बादल छाएको आभास भयो । खासमा किन यस्तो भयो ? निशासँग सोध्न मन लाग्यो । बल्लतल्ल भेटघाटको तामझाम त मिल्यो, तर तामझामको रौनक बनावटी थियो । न कुनै उत्साह न कुनै ‘एक्साइटमेन्ट’ । उनका आँखामा निराशा छल्किए, माफीको आग्रह देखियो । मेरो भ्रमको खेती डढेर खरानी भयो । उनको जीवनको रहस्य खोलियो, पारपाचुकेको वृत्तान्त सुनियो । परिबन्धको जालोमा जकडिँदै मनले सान्त्वना दियो । सम्बन्ध अझै अघि बढाउन कसैले रोक्दैन । निष्कर्ष निश्कियो । फेरि पुरानै मुस्कान दोहोरियो । मेरो वैदेशिक यात्रापछि, उनको मोबाइल हरायो, फेसबुकको पासपोर्ट बिर्सिइन् । धेरै दिनपछि नयाँ फेसबुक आइडी देखेर एड गरें । एसेप्ट भयो, केही कुराकानी भए च्याटमा, भिडियो कलको आग्रह विभिन्न बहानामा टारियो ।

कुराकानीको लास्टतिर ‘मिस यू’ लेखें, केही समयमा मेसेज सिन भयो तर रिप्लाइ आएन, इमोजी पठाउन खोजें, सेन्ट भएन, बुझ्न गार्‍हो भएन मेरो म्यासेन्जर ब्लक भैसकेको थियो । 

प्रकाशित :आश्विन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्