अर्ब ४ करोड जरिवना

- एजेन्सी

आश्विन २१, २०७४-

गत अगष्ट महिनामा सम्पन्न सर्वाधिक धनराशिको बक्सिङ भिडन्तमा फ्लोयड मेवेदरसँग पराजित भएका कोनोर म्याकग्रेगरलाई १ अर्ब ४ करोड रुपैयाँ बराबरको जरिवाना हुने भएको छ ।

लसभेगासमा सञ्चालित उक्त भिडन्त १० औं राउन्डमा पुगेर स्थगित गरिएको थियो जसमा अहिलेसम्म ५ वटा तौल समूहका विश्व विजेता फ्लोयडलाई विजेता घोषित गरिएको थियो । यूएफसी बक्सिङबाट प्रोफेसनल बक्सिङमा आएका कोनोरले उक्त भिडन्तमा केही नियम उल्लंघन गरेको अभियोगमा उक्त जरिवाना गर्न लागिएको हो । प्रोफेसनल बक्सिङको सो भिडन्तमा कोनोरले यूएफसीका केही खेल शैली प्रयोग गरेको बताइएको छ । यो निर्णयबाट आक्रोसित कोनोरले सम्बन्धित अधिकारीहरूप्रति आफ्नो रिस समेत व्यक्त गरेका छन् ।

प्रकाशित :आश्विन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्