सेलिनाको पीडा

- एजेन्सी

आश्विन २१, २०७४-

अभिनेत्री सेलिना जेट्ली यतिबेला शोकमा छिन् । दोस्रो पटक जुम्ल्याहा सन्तान जन्माउने क्रममा सेलिनाले कान्छो छोरालाई बचाउन सकिनन् । अघिल्लो साता जुम्ल्याहा सन्तानका रूपमा दुई छोरा जन्मिएको केही समयमै चौथो छोराको निधन भएको हो ।

३५ वर्षीया अभिनेत्री जेट्लीका अनुसार ह्दयसम्बन्धी गम्भीर समस्याका कारण उनले कान्छो छोरा गुमाएकी हुन् । दुई छोरा जन्मिएलगत्तै सेलिनाले उनीहरूको नामाकरणसमेत गरेकी थिइन् । फेसबुकमा उनले लेखेकी छिन्– ‘ईश्वरले हामीलाई दुई सुन्दर जुम्ल्याहा छोरा उपहार दिनुभयो, जसको नाम आर्थर जेट्ली हग तथा शमशेर जेटली हग राखियो, तर जीवन हामीले सोचेअनुसार चल्दैन ।

हाम्रो छोरा शमशेरको निधन ह्दयसम्बन्धी गम्भीर बिमारीका कारण भयो ।’ यसअघि सेलिनाले पाँच वर्षअघि विन्सटन तथा विराजका रूपमा जुम्ल्याहा छोरा नै जन्माएकी थिइन् । 

 

प्रकाशित :आश्विन २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्