आज प्रदर्शित हुने चलचित्र सेफ

- साप्ताहिक संवाददाता

आश्विन २०, २०७४-

बाबु र छोराको सम्बन्धमा निर्माण भएको बलिउड चलचित्र सेफमा दक्षिण भारतीय सहर कोचिनमा रहेको आफ्नो परिवार र सानो छोरालाई छाडेर युरोप भासिएका एक सेफको छोराप्रतिको समर्पण एवं मायालाई चलचित्र गरिएको छ ।

छोराले बोलाएपछि युरोपको राम्रो काम छाडेर दक्षिण भारत आई स्टिूट फुड बेच्ने ती सेफ उक्त काममा रमाउन थाल्छन् । प्राय: एक्सन तथा रोमान्टिक चलचित्रमा काम गर्ने अभिनेता सैफअलि खान चलचित्र सेफमा फरक भूमिकामा प्रस्तुत भएका छन् । यसअघि अक्षयकुमारलाई लिएर चलचित्र एयरलिफ्ट निर्देशन गर्ने राजाकृष्ण मेनन चलचित्र सेफमा सामाजिक विषयवस्तुमा केन्द्रित भएका छन् भने दक्षिण भारतीय अभिनेत्री पद्मप्रिया चलचित्रमा सेफअलीकी श्रीमती बनेकी छिन् ।  

निर्देशक : राजाकृष्ण मेनन

संगीत : रघु दीक्षित

कलाकार : सैफअलि खान, पद्मप्रिया, सावर काम्ले आदि । 

प्रकाशित :आश्विन २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्