मास्केका दुई एल्बम सार्वजनिक

- साप्ताहिक संवाददाता

आश्विन १९, २०७४-

संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध गीतहरूका दुई एल्बम एकसाथ सार्वजनिक भएका छन् ।

काठमाडौंमा आयोजित एक समारोहमा सरोज साहद्वारा रचना गरिएका गीतहरूको एल्बम शब्द सलोनी तथा नूतन प्रधानका शब्दहरूको एल्बम नूतन कृतिलाई गीतकारत्रय यादव खरेल, दिनेश अधिकारी र एसपी कोइराला तथा संगीतकार दीपक जंगमले सामूहिक रूपमा लोकार्पण गरेका थिए ।

शब्द सलोनीमा अञ्जु पन्त, प्रमोद खरेल, युवराज चौलागाईं, अजर जंगम, बानिका प्रधान, त्रिलोक राना तथा किशोर शिवाकोटीको स्वर सुन्न सकिन्छ भने नूतन कृतिमा बानिका प्रधान, विश्व नेपाली, मेलिना राई तथा प्राश्ना शाक्यको स्वर सुन्न सकिन्छ । समारोहमा युवराज वाइबाद्वारा निर्देशित दुईवटा गीतको म्युजिक भिडियोसमेत प्रिमियर गरिएको थियो । 

 

प्रकाशित :आश्विन १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्