पुरानो घर नाट्य समूह स्थापना

- साप्ताहिक संवाददाता

आश्विन १९, २०७४-

नेपाली रंगमञ्चमा नयाँ थिएटर एवं नाट्य समूह थपिएका छन् । नाट्यकर्मी सुलक्षण भारती तथा सिर्जना अधिकारीले ‘पुरानो घर’ नाट्य समूह स्थापना गरेका छन् ।

उनीहरूले राजधानीको सिनामंगलमा ‘पुरानो घर’ थिएटरको पनि निर्माण गरेका छन् । ५ आना जग्गामा निर्माण भएको थिएटरको लागत करिब ६० लाख रुपैयाँ भएको ‘पुरानो घर’की प्रबन्ध निर्देशक सिर्जना अधिकारीले जानकारी दिइन् । अधिकारीले करिब १ सय ५० दर्शक क्षमताको उक्त थिएटर आगामी माघ/फागुनसम्म निर्माण गरिसक्ने लक्ष्य रहेको बताएकी छिन् ।

 

 

प्रकाशित :आश्विन १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्