नेपाल आइडलको अष्ट्रेलिया टुर हुने

- साप्ताहिक संवाददाता

आश्विन १८, २०७४

नेपाल आईडलका टप थ्री प्रतियोगिहरुलाई लिएर अष्ट्रेलियाका विभिनन सहरहरुमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । 

नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका वितेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दासलाई लिएर अस्ट्रेलीया कार्यक्रम गर्न लागेको हो  ।

सिड्नीमा हुने कार्यक्रम ओलम्पिक पार्क स्पोर्ट्स सेन्टरमा हुनेछ । यो पार्कमा अहिलेसम्म नेपालीहरुले कार्यक्रम आयोजना गरेका छैनन् । जसको कारण यो कार्यक्रम पहिलो हुने छ । एभरेष्ट कम्युनिकेशनको मुख्य प्रस्तुती रहने सिड्नीको यो कार्यक्रम आगामी डिसेम्बर १ तारिखमा आयोजना हुने छ ।

नेपाल आइडलको अस्ट्रेलिया टुर आगामीे नोभेम्बर २० देखि डिसेम्बर २५ तारिख सम्म हुने छ । यो कार्यक्रम सिड्नीका साथै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा हुनेछ ।

प्रकाशित :आश्विन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्