स्नेहाले जितिन् सिन्ड्रेला नेपाल–२०१७ ताज

- साप्ताहिक संवाददाता

आश्विन १८, २०७४-

सिन्ड्रेला नेपाल–२०१७ को उपाधि स्नेहा पौडेलले जितेकी छन् । २८ जना प्रतिस्पर्धीलाई उछिन्दै स्नेहाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । स्नेहाले शिर्ष उपाधिसहित पब्लिक च्वाइज समेत जितेकी छन् । 

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित सिन्ड्रेला नेपालको दोस्रो संस्करणमा आर्या खड्का फस्ट रनरअप र अनुष्का खड्का सेकेण्ड रनरअप भएकि थिइन् । त्यस्तै प्रतियोगितामा मिस बेस्ट क्याटवाक तथा मिस ट्यालेन्ट सयुरी कडरिया भएकी छन् ।

९ देखि १३ वर्ष उमेर समूहको प्रतियोगीमा मिस इनोसेन्ट सीमा खत्री, बेस्ट हेयर न्यान्सी गुप्ता, बेस्ट स्किन समिरा तामाङ, फोटो जेनिक श्रीषा नकर्मी, मिस पर्सनालिटी सोनाक्षी पोखरेल, मिस फ्रेण्डशिप श्रीस्मा प्रसाईं, बेस्ट ड्ेरस आभा शर्मा, मिस चार्मिङ प्रेरणा शेर्पा, बेस्ट स्माइल सुदिता लिङ्देन र डिस्प्लिन स्लेश्मा विष्ट भए । 

 

प्रकाशित :आश्विन १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्