ह्याप्पी डेजको गीत रिलिज

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७४-

मिलन चाम्स निर्देशित सिनेमा ह्याप्पी डेजको पहिलो गीत चेप्टे चेप्टे पेरुङ्गो इन्टरनेट रिलिज भएको छ । चाम्सको अघिल्लो सिनेमा वीर विक्रम अनस्क्रिन जोडी दयाहाङ राई र दीया पुन गीतमा फिचर छन् । 

पहिलोपटक दयाहाङले यसरी लोकभाखा गीतमा कम्मर मर्काएका हुन् । लोकेसनको शीतलता, कम्पोजिसन शैलीले गर्दा दर्शकले गीत रुचाउन सक्छन् । ह्याप्पी डेजमा दीयाको यो केमियो रोल हो । 

राजनराज शिवाकोटीको संगीत रहेको गीतमा उनले अञ्जु पन्तसँग मिलेर गीत गाएका छन् । कविराज गहतराजले यो गीतमा नृत्य निर्देशक गरेका छन् । प्राय: गीतमा मौलिकता र शब्द नियन्त्रण गर्न सक्ने खुबी भएका शिवाकोटीले आफ्नो क्षमता यसमा पनि प्रयोग गरेका छन् । 

माघ १२ गते देशव्यापी रिलिज हुने सिनेमालाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । दयाहाङसहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी अभिनित सिनेमाको छायांकन बेलायतमा गरिएको छ ।

ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो गीत

प्रकाशित :आश्विन १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्