अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७४-

अमेरिकामा निर्माण भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर तथा ट्रेलर काठमाडौंमा रिलिज भएको छ ।

 

चलचित्र पत्रकार विजयरत्न तुलाधरले चलचित्रको ट्रेलरको स्वीच अन गरेर वल्र्डवाइड रिलिज गरेका थिए भने अर्का पत्रकार नारायण राईले चलचित्रको पोष्टर सार्वजनिक गरेका हुन् ।

 

पोष्ट–प्रोडक्सनको सवै काम सम्पन्न भैसकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव चाँडै रिलिजको क्रममा रहेको छ । चलचित्रकी एक निर्माता मञ्जु रानामगरका अनुसार ठूलो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिकामा बस्दाको बास्तविक कथा र उनीहरुको अमेरिका भोगाईको यथार्थता चलचित्रमा हेर्न र देख्न पाइने छ । 

हाउडे चलचित्रको निर्देशन गरिसकेका ईश्वर थापाको सम्पादन तथा निर्देशन रहेको यो चलचित्रको लेखन सुरेन्द्र नकर्मीको रहेको छ । शम्भु मोक्तानको छायाँकन रहेको यस चलचित्रमा इसान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, संझना उप्रेती, कृष थापा लगायत बाबु बोगटीको पनि विशेष भूमिका रहेको छ ।

    

ओम कर्माचार्य र बाबु बोगटीको संगीत रहेको यो चलचित्रका गीतहरु बाबु बोगटी, जगदीश समाल, अञ्जना गुरुङ र सविता श्रेष्ठले गाएका छन् ।

चलचित्रको ट्रेलर

 

प्रकाशित :आश्विन १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्