गर्भनिरोधक साधन कति पटक प्रयोग गर्न सकिन्छ

- डा. बालकृष्ण साह

आश्विन १६, २०७४-म २२ वर्षीया अविवाहित अनि जागिरे महिला हुँ । मेरो अफिसको केटासाथी (ब्वाइफ्रेन्ड) छ र ऊसँग मात्र कहिलेकाहीं यौनसम्पर्क हुने गरेको छ । मैले यौनसम्पर्कपछि आकिस्मीक गर्भनिरोधक साधन प्रयोग गर्ने गरेकी छु । अहिलेसम्म ममा कुनै समस्या आएको छैन । आकस्मिक गर्भनिरोधक साधन महिनामा कति पटकसम्म प्रयोग गर्न सकिन्छ ? 

आकस्मिक गर्भनिरोधक चक्कीमा हार्मोनको मात्रा सामान्य चक्कीको भन्दा बढी हुन्छ, त्यसैले यो प्रभावकारी हुन्छ । यद्यपि यो आकस्मिक रूपमा, कहिलेकाही प्रयोग गर्नका लागि मात्र हो । यसलाई महिनामा यति नै पटक प्रयोग गर्न सकिन्छ भन्ने छैन, तर बारम्बार वा यसको प्रयोग धेरै गर्न थाले हार्मोन असन्तुलित हुनसक्छ, जसले गर्दा महिनावारीमा गडबडी आउने तथा यसको प्रभावकारितामा पनि कमी आउँछ । यसरी आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुको सट्टा कन्डम वा अन्य साधन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित :आश्विन १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्