मिस्टर ग्रान्ड इन्टरनेसनलमा दिक्पाल

- रोजिन शाक्य

आश्विन १४, २०७४-

सेप्टेम्बर २७ देखि अक्टोबर ६ तारिखसम्म फिलिपिन्सको मनिला र इलोकसमा सञ्चालन हुने पुरुष सुन्दरता, बौद्धिकता एवं प्रतिभासम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर ग्रान्ड इन्टरनेसनल–२०१७’ मा सहभागी हुन दिक्पाल कार्की त्यसतर्फ प्रस्थान गरेका छन् । ६ फिट अग्ला २८ वर्षीय दिक्पालले त्यहाँ दुई दर्जनभन्दा बढी मुलुकका सहभागीहरूसँग प्रतिस्पर्धा गर्ने छन् । 

दिक्पालको मिस्टर ग्रान्ड इन्टरनेसनलका लागि संयोजन तथा व्यवस्थापन ड्रिम सर्च मोडल एजेन्सीले गरेको हो भने उनले प्रतियोगिताको ट्यालेन्ट राउन्डको प्रस्तुतिका लागि महेश केसीबाट तयारी गरेका छन् । दिक्पालले प्रतियोगिताका विभिन्न चरणमा डिजाइनहरू मन्जु बन्जारा ढकाल, कमल मानन्धर, मनिष राई, लाजिमा सुब्बा, लक्ष्मी गिरी आदिको पहिरन प्रस्तुत गर्नेछन् । मिस्टर ग्रान्ड इन्टरनेसनल स्र्पोट्स आधारित प्रतियोगिता हो जसमा विजेतामा विद्यमान  स्पोर्टस्मेनसिपको खोजी गरिनेछ । 

 

 

प्रकाशित :आश्विन १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्