युवाहरुद्धारा विद्यालयको स्वरुप परिवर्तन

- साप्ताहिक संवाददाता

आश्विन १३, २०७४- 

काभ्रेपलान्चोकको श्री पलान्चोक भगवती उच्च माध्यामिक बिद्यालयमा प्रयोग विहिन अवस्थामा रहेका कोठाहरुलाई सोफिक नेपालले आकर्षक साजसज्जा गरेर पुस्तकालयको रुपमा परिणत गरेको छ । 

विद्यालयलाई बालमैत्री बनाउन सेफिक नेपालका युवा स्वयंसेवीहरुले कोठको रंगरोगन गरी, वाल पेन्टिङ गरेर, कार्पेट बिच्छाएर, पुस्तकहरु हस्तान्तरण गरेर पुस्तकालय तयार पारेका हुन् । स्वयंसेवी आरती सुवेदीले विद्यालयमा रहेको पानीको गुणस्तरको परिक्षण गरेर बिद्यालयवाट निस्कने फोहोर मैलालाई कसरी ब्यवस्थापन गर्ने र कसरी सफासंग हात धुने भन्ने कुरा सोही विद्यायका विद्यार्थीहरुलाई सिकाएकी थिइन् । 

अर्का स्वयंसेवी आशा परियार र सुरज राईले महिनावारी भएको अवस्थामा सफा र स्वस्थ रहने तरिका सिकाउंदै उमेर नपुगी हुने विवाह र सानै उमेरमा बस्ने गर्भका असरका बारेमा जानकारी दिएका थिए । उनीहरुले एचआइभी एड्सका बारेमा जनचेतनामुलक प्रस्तुति पनि गराएका थिए । 

उक्त विद्यालयमा अध्ययनरत छात्राहरुलाई सुरुवाती दिन देखि नै अनुभव थापाले आत्मरक्षाको तालिम दिनुका साथै लागू पदार्थको दुब्यसनीवाट बच्ने तरिका सिकाएका थिए ।

चित्रकलामा रुचि राख्ने विद्यार्थीका लागि आयुष बज्राचार्य, आशिष महर्जन र सलिम श्रेष्ठको समुहले आर्ट प्रतियोगिता गरि विजेता चयन गरेका थिए ।

विजय राईले भने इन्टरनेटको सहि प्रयोग, यसवाट लिन सकिने फाइदा र बेफाइदाका वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए । 

प्रकाशित :आश्विन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्