तेश्रो पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्ड सम्पन्न

- रोजिन शाक्य

आश्विन १३, २०७४-

पेजथ्री नेपाल भाषा पिपल्स च्वाइस अवार्डको काठमाडौंमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपाल सम्बत् ११३३ देखि ११३७ सम्म सार्वजनिक भएका नेपाल भाषाका गीत, एल्बम, म्यूजिक भिडियो र चलचित्रहरु बीच उत्कृष्टलाई पुरस्कृत गरीएको थियो । 

नेपाल भाषा अन्तर्गतको संगीत क्षेत्रमा ८ विधा, म्यूजिक भिडियो क्षेत्र अन्तर्गत ७ र चलचित्र अन्तर्गत १८ विधामा उत्कृष्टलाई पुरस्कृत गर्दै यस वर्षको पिपल्स अवार्ड सम्पन्न भएको हो ।

कार्यक्रममा संगीत अन्तर्गत उत्कृष्ट गायन महिलातर्फ ‘खालिगु भ्वातय्’ गीतको लागि दीपा महर्जनले अवार्ड जितिन् भने उत्कृष्ट गायन पुरुषतर्फ ‘भिंगु कर्म याना:’ गीतबाट सानुबाबु महर्जन उत्कृष्ट घोषित भए । उत्कृष्ट संगीत संयोजकको अवार्ड भुपेन्द्र बज्राचार्यले ‘जिगु बैंश धाल’ जितेका थिए । ‘म्हिग: चान्हय्’ गीतको लागी जुगल डंगोलको संगीतलाई उत्कृष्ट घोषणा गरिएको अवार्ड समारोहमा नातिबज्र बज्राचार्यको रचना ‘छंगु माया’ उत्कृष्ट ठहरीयो । उत्कृष्ट युगल गीत तर्फ भने ‘लिक्क च्वना:’ गीतबाट शिवराज जोशी र रत्नशोभा महर्जनले अवार्ड हात पार्न सफल भए । ‘तुयूतुयू धा:गु’ गीतको लागी विरज महर्जन उत्कृष्ट नव प्रतिभाको रुपमा पुरस्कृत भए । पूर्णकाजी ज्यापुको एल्बम ‘ऋतुया लसं पिज्व:गु स:’ उत्कृष्ट ठहरीयो ।

म्यूजिक भिडियो अन्तर्गत उत्कृष्ट मोडल महिला तर्फ ‘मुसुमुसु न्हिला’ बाट रजनी खड्गी, उत्कृष्ट मोडल पुरुषतर्फ ‘छंगु लिक्क’को लागी सुरज व्यन्जनकार, उत्कृष्ट कोरीयोग्राफर सुनिता राजभण्डारी (लिक्क च्वना:), उत्कृष्ट निर्देशन राजन शाहि (छंगु लागिं हे जि), उत्कृष्ट क्यामेरा पर्सन शैलेस डंगोल (न्ह्य:ने मदुसां), उत्कृष्ट सम्पादन बालकृष्ण वंशी –चाग: माला: देग: लूथें), उत्कृष्ट म्यूजिक भिडियो रुपेन्द्र श्रेष्ठको मुसुमुसु न्हिला: छं ले अवार्ड जित्न सफल भयो ।

चलचित्र अन्तर्गत सबैभन्दा बढि अवार्ड ‘तिन तिक: महा:बिक: चलचित्र’को पोल्टामा पर्न सफल भयो । सो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्डको साथै सोहन मानन्धरले उत्कृष्ट दृश्य सम्पादन र उत्कृष्ट क्यामेरा पर्सन, सोहि चलचित्रको टाइटल गीतले उत्कृष्ट ओरिजिनल साउन्डट्रयाक, उत्कृष्ट कलाकार पुरुष मुख्य भूमिकातर्फ रुपेन्द्र थक्वा:, उत्कृष्ट नवप्रतिभा महिलातर्फ निकि महर्जन, उत्कृष्ट नव कलाकार पुरुषतर्फ योगेन महर्जनले अवार्ड जित्न सफल भए ।

उत्कृष्ट स्क्रीनप्ले सुरेन्द्र तुलाधर (अंश), उत्कृष्ट संवाद आर्यम नक:मि (तुयूमति), अंश चलचित्रबाट राजेन्द्र खड्गीले उत्कृष्ट द्वन्द निर्देशक, उत्कृष्ट बालकलाकार नस्वा: जोशी (थ्व ला ग्यान्पु स्टाइल) उत्कृष्ट कोरीयोग्राफर विधामा भुवन श्रेष्ठ (अंश) ले जित्न सफल भए । 

उत्कृष्ट निर्देशन विधामा आर्यम नक:मि (तुयूमति), उत्कृष्ट महिला कलाकार मुख्य भुमिका भिन्तुना जोशी (मू मदुगु जिन्दगी), उत्कृष्ट पुरुष कलाकार सह भूमिकामा श्यामसु्न्दर शिल्पकार (तिमिला), उत्कृष्ट महिला कलाकार सह भूमिकामा रोजिना सुवाल (थ्व ला ग्यान्पु स्टाइल), उत्कृष्ट हास्य कलाकार सविन शाक्य (तुयूमति), उत्कृष्ट खल कलाकार मानकृष्ण वावा (थ्व ला ग्यान्पु स्टाइल) ले जित्न सफल भयो ।

कार्यक्रममा नेपालभाषा संगीत क्षेत्रमा निरन्तर योगदान दिंदै आउनुभएका संगीतकर्मी विष्णु जल्मिलाई यस वर्षको पेजथ्री लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार जल्मिलाई ई ल्वहं पब्लिकेशनका संस्थापक धर्मबीर शाक्यले सम्मान पत्र प्रदान गर्नुभयो भने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवार्ड प्रदान गर्नुभयो ।

कार्यक्रम नेपालभाषाको पहिलो रंगीन पाक्षिक पत्रिका पेजथ्रीको आयोजनामा सम्पन्न भएको थियो । 

प्रकाशित :आश्विन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्