सुस्मिता बनिन् मिस हङकङ नेपाल

- अनोज रोक्का

आश्विन १३, २०७४-

सुन्दरी प्रतियोगितामा आमन्त्रण गरिएका निर्णायकहरूको गुणस्तर कस्तो हुनुपर्छ ? क्याप्टेन विजय लामाको प्रश्नमा सुन्दरी प्रतियोगितासम्बन्धी राम्रो ज्ञान तथा निष्पक्ष निर्णय गर्ने क्षमता भएको भन्ने उत्तर दिँदै २१ वर्षीया सुस्मिता लिम्बूले मिस हङकङ नेपाल–२०१७ को उपाधि जितेकी छिन् । 

त्यसका लागि लिम्बूले आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् । उक्त प्रतियोगितामा प्रजिला गर्बुजा फस्ट रनर्सअप तथा एलिसा गुरुङ सेकेन्ड रनर्सअपमा घोषित भए । रचना गुरुङ शर्माको कोरियोग्राफी रहेको यो प्रतियोगिताको संचालन पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् । 

 

 

प्रकाशित :आश्विन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्