रातो टीका र जमरा रंगिने मन

- साप्ताहिक संवाददाता

आश्विन १३, २०७४

 

दसैं नेपालीहरुको महत्वपूर्ण पर्व हो । दसैंका आफ्नै खालका विशेषता छन् । दसैंका बेला हुने विविध परम्परा तथा कार्य कतिका लागि मन नपर्न सक्छन् । अभिनेत्री अश्लेषा ठकुरी तथा गायक सीताराम पोखरेलले दसैंका आफ्ना मन पर्ने र नपर्ने पक्षका बारेमा जानकारी दिएका छन् । 

अश्लेषा ठकुरी, अभिनेत्री

बुवा–आमालाई भेट्न पाइने एउटा महत्वपूर्ण चाड 

रातो टीका र जमरा 

बालबालिकाहरूको चंगा उडाउने शैली 

लामो बिदा, आफैंलाई बढीभन्दा बढी समय दिन पाइने अवसर 

परिवारका सदस्य मात्र होइन, साथीभाइ एवं अन्य आफन्तहरूसँग भेटघाट अनि गर्न बाँकी रहेका काम गर्ने पुरा गर्न पाउने अवसर ।

 

बलि प्रथाको नाममा पशु हत्या 

मनोरञ्जनका लागि नभै हारजितका लागि खेलिने जुवा–तास 

अत्यधिक मदिरा सेवन

विद्यार्थीहरूलाई स्कुल/कलेजले दिने अत्यधिक होमवर्क 

फेसनका नाममा बढ्दो तडक–भडक । 

सीताराम पोखरेल, गायक

 

दुर्गा भवानीको पूजा विशेष रूपले गर्ने परम्परा

मान्यजनहरूबाट टीका लगाई लिइने आशीर्वाद 

वर्ष दिनमा एकपटक सबै आफन्तसँग भेटघाट हुँदा आफ्नोपनको वृद्धि 

परिवारका सदस्यहरू जम्मा भएर खेलिने तास

लामो समयको बिदा ।

 

मात्तिने गरी गरिने मद्यपान 

समाजलाई देखाउनकै लागि गरिने अत्यधिक खर्च 

बलि प्रथा

जुवा–तासका ठूल्ठूला खाल 

सार्वजनिक सवारी साधनले गर्ने शोषण ।

प्रकाशित :आश्विन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्