दसैंमा वृद्धवृद्धाको हेरचाह

- साप्ताहिक संवाददाता

आश्विन १३, २०७४-

वृद्धवृद्धाको हेरचाह गर्न घरका सदस्यलाई अलि गाह्रो हुने गर्छ । अरु बेला भन्दा दसैंका बेला धेरै कुरामा ध्यान पुर्‍याउँनु पर्ने हुन्छ । वृद्धवृद्धामा विभिन्न खालका रोग हुन सक्छन् त्यसैले खानपानदेखि समय व्यवस्थापनमा समेत ध्यान दिनु जरुरी छ । 

 चाडपर्वमा जतिसुकै व्यस्त भए पनि घरका वृद्धवृद्धालाई आवश्यक समय दिनुपर्छ ।

 वृद्धवृद्धाको पाचन प्रक्रिया कमजोर हुने भएकाले पचाउन गाह्रो हुने  चिल्लो, पिरो, मसलेदार भन्दा पनि नरम र सजिलै पच्ने खानेकुरा पकाइदिनुपर्छ । 

 वर्ष दिनमा आउने यो पर्वमा वृद्धवृद्धाहरूका लागि पनि नयाँ पहिरन खरिद गरिदिनुपर्छ ।

 नवदुर्गाको मन्दिर तथा घुमघाममा निस्कँदा साथमा लानुपर्छ ।

 रमाइलो गर्दा वृद्धवृद्धाहरूलाई पनि त्यसमा सामेल गराउनुपर्छ ।

 

प्रकाशित :आश्विन १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्