कडा ककटेलहरू

- साप्ताहिक संवाददाता

आश्विन १२, २०७४

‘दूध पिए कहिले लाग्छ कुन्नी ? रक्सी पिए अहिल्यै लाग्छ ’ भन्ने नेपाली पियक्कडहरूको भनाईलाई मान्ने हो भने पिएपछि लाग्नैपर्छ । पिएपछि मज्जाले मात्न मदिराको मात्रामा पनि भरपर्छ । यद्यपि यहाँ केही विश्वप्रसिद्ध कडा ककटेल्सको चर्चा गरिएको छ, जसलाई पिएको एकैछिनमा झ्याप्पै मातिन्छ । 

द जोम्बी

बजारमा एक दर्जनभन्दा बढी प्रकारका रम पाइन्छन् । यो ककटेल बनाउन जति धेरै प्रकारको रम प्रयोग गरियो त्यति राम्रो हुन्छ । अमेरिकन चलचित्रमा देखाइने एकप्रकारको प्रेत जोम्बी जस्तै ‘नकआउट’ हुन यो ककटेल पिउन सकिन्छ । घटीमा ६ वटा रम एक–एक बिर्को ककटेल सेकर्समा खन्याउने, अनि त्यसमा अरेञ्ज र वाटरमेलन जुस राख्ने त्यसपछि आइसको धुलो हालेर केहीबेर सेक गरेपछि द जोम्बी तयार हुन्छ । 

फोर हर्सम्यान

चार नाम कहलिएका स्कच जिम बिम, ज्याक डेनियल्स, जोनी वाकर ब्ल्याक लेभल तथा जोक्यिुरभोको मात्रा मिलाएर तयार पारिने ककटेल फोर हर्सम्यान बनाउन उल्लेखित सबै स्कच ३०–३० मिलिलिटर ह्विस्की गिलासमा मिसाउने र केही आइसक्युब हालेर सर्व गर्ने ।

लङ आइल्यान्ड आइस्ड टी

आइस टी भनेपछि मोकटेल बुझिन्छ, तर लङ आइल्यान्ड आइस्ड टी भने कडा ककटेलको वर्गमा पर्छ । यसलाई ३०–३० एमएल टकिला, भोडका, रम तथा जिन हालिएको गिलासमा कोकाकोला मिसाएर तयार पारिन्छ । यो ककटेललाई माथिबाट कागतीको टुक्राले गार्नेस् गर्नुपर्छ । 

आन्टी रोबेर्टा

भोडका, ब्रान्डी तथा जीन मिश्रण गरेर तयार पारिने यो ककटेलका लागि उल्लेखित अल्कोहलको ३०–३० एमएलसँगै बरफको टुक्रालाई ककटेल सेकरमा हालेर हल्लाउनुपर्छ । गिलासमा खन्याएपछि त्यसमा मौसमको बोक्रासहितको टुक्रा हाल्नु राम्रो मानिन्छ । 

प्रकाशित :आश्विन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्