नेपाली बजारमा महँगा रक्सी
आश्विन १२, २०७४
ड्रिङ्क्स्का सौखिनहरू विभिन्न स्वादका रक्सी खोज्दै हिँड्छन् । अझ चाडपर्वमा त धेरैले यसलाई आफ्नो प्राथमिकतामै राखेका हुन्छन् । ड्रिङ्क्स्का पारखीहरूलाई ध्यानमा राख्दै नेपाली बजारमा विभिन्न प्रकारका स्वदेशी तथा विदेशी ब्रान्डका रक्सी उपलब्ध छन् । रोचक त के भने नेपाली बजारमा ४ लाख ८० हजार रुपैयाँप्रति बोतल पर्ने फ्रान्सेली कम्पनीको क्यामुस– ५.१५० रक्सीसमेत उपलब्ध छ । महँगा विदेशी रक्सीका वितरकहरूसँगको कुराकानीका आधारमा साप्ताहिकले नेपालमा उपलब्ध केही महँगा रक्सीको सूची तयार गरेको छ ।
रेमी मार्टिन
एलएक्सआइआइ कोफ्रिट
फ्रान्सको यो रक्सी प्रतिबोतलको मूल्य (नेपाली बजारमा) ३ लाख ८८ हजार रुपैयाँ छ । रेमी मार्टिन १ सय ३५ वर्ष पुरानो रक्सी हो ।
इस्ले अफ स्काइप
बीएसडब्लू उडन बक्स
इस्ले अफ स्काइप बीएसडब्लू उडन बक्स ५० वर्ष पुरानो रक्सी हो । स्कटल्यान्डको यो रक्सीको नेपाली बजार मूल्य १ लाख ६० हजार रुपैयाँ प्रतिबोतल छ ।
चिफटिन्स सिंगल माल्ट
प्रतिबोतल २ लाख ४० हजार रुपैयाँ पर्ने यो रक्सी स्कटल्यान्डमा बनेको हो । यो ४० वर्ष पुरानो रक्सी भएको बताइन्छ ।
तालिस्केर
स्कटल्यान्डको ३० वर्ष पुरानो यो रक्सीको एक बोतलका लागि नेपालमा ९० हजार रुपैयाँ खर्च गर्नुपर्छ ।
क्यामुस– १९७०
४० देखि ५० वर्ष पुरानो यो फ्रान्सेली रक्सीको एक बोतलको नेपाली बजार मूल्य ४८ हजार रुपैयाँ छ ।
क्यामुसएक्स्ट्रा
४५ वर्ष पुरानो यो रक्सी पनि नेपाली बजारमा खरिद गर्न सकिन्छ । फ्रान्सेली कम्पनीको यो रक्सीको नेपाली बजार मूल्य ३८ हजार रुपैयाँ प्रतिबोतल छ ।
क्यामुस फ्यामिली
फ्रान्सेली कम्पनीको यो रक्सी ४० वर्ष पुरानो हो । नेपाली बजारमा यसको एक बोतलको मूल्य ९८ हजार रुपैयाँ पर्छ ।
बढी चलेका विदेशी रक्सी
(सबै मूल्य प्रतिबोतलमा)
१. ग्लेनगोइन वर्नफुट सिंगल माल्ट
मूल्य : ८ हजार ८ सय रुपैयाँ
२. ग्लेनगोइन सिंगल हाइल्यान्ड माल्ट (१७ वर्ष पुरानो )
मूल्य : ८ हजार ५ सय रुपैयाँ
३. ग्लेन फिडिच माल्ट (१२ वर्ष पुरानो )
मूल्य : ७ हजार रुपैयाँ
४. डबल ब्ल्याक लेबल
मूल्य : ६ हजार ४ सय ९ रुपैयाँ
५. सिभाज रिगल
मूल्य : ५ हजार ८ सय रुपैयाँ
६. ग्लेनगोइन हाइल्यान्ड सिंगल माल्ट (१० वर्ष पुरानो)
मूल्य : ५ हजार ४ सय ८० रुपैयाँ
७. रेड लेबल
मूल्य : ४ हजार ५ सय रुपैयाँ
८. फेमस ग्राउस
मूल्य : ४ हजार ४ सय रुपैयाँ
९. भ्याट–६९
मूल्य : ४ हजार रुपैयाँ
१०. किङ रोबर्ट
मूल्य : ३ हजार ८ सय रुपैयाँ
ग्लेनकादम
स्कटल्यान्डमा बनेको यो रक्सीको नेपाली बजार मूल्य ६६ हजार रुपैयाँ छ । यो ३० वर्ष पुरानो रक्सी हो ।
बाल भेनी
३० वर्ष पुरानो यो रक्सीको एक बोतलको मूल्य ९६ हजार रुपैयाँ छ । यो पनि स्कटल्यान्डको रक्सी हो ।
क्यामुस– ५.१५०
फ्रान्सेली कम्पनीको यो एक बोतल रक्सी नेपाली बजारमा ४ लाख ८० हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । यो दुई सय वर्ष पुरानो रक्सी हो ।
प्रकाशित :आश्विन १२, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्