दसैंका शक्तिपीठ

- साप्ताहिक संवाददाता

आश्विन १२, २०७४

मनकामना

गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना नपुग्ने नेपाली कमै भेटिन्छन् । काठमाडौंबाट १ सय २ किलोमिटर लामो यात्रा गरेर कुरिनटारबाट केबुलकार चढी सहजै मनकामना पुग्न सकिन्छ । पैदल जानेहरूले आबुखैरेनीबाट करिब पाँच घण्टाको यात्रा तय गर्नुपर्छ । यो मन्दिर विशेष गरेर पशु बलिका लागि प्रख्यात छ । दसैंको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने चलन छ । 

पलान्चोक भगवती

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नजिकैको पलान्चोक भगवतीको मन्दिर चर्चित शक्तिपीठ हो । वैशाख पूर्णिमा तथा कार्तिक पूर्णिमामा भव्य मेला लाग्ने यो मन्दिर लिच्छविकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । यहाँ दसैंमा भक्तजनको ठूलो भीड लाग्छ । 

दक्षिणकाली

काठमाडौंनजिकैको दक्षीणकाली मन्दिर प्रमुख धार्मिक गन्तव्य मानिन्छ । विशेष गरी शनिबार र मंगलबार भीड लाग्ने यो मन्दिर बलिका लागि प्रख्यात छ । दक्षिणकाली काठमाडौंबाट दक्षिणतर्फ करिब १७ किलोमिटर यात्रा गरेपछि पुग्न सकिन्छ ।

उपत्यकाभित्रका शक्तिपीठ

हरिसिद्धि

ललितपुरको ऐतिहासिक बस्तीमा रहेको हरिसिद्धी मन्दिरमा चाडबाडको समयमा ठूलो भीड लाग्छ । गाईजात्राको भोलिपल्ट यहाँ पानीमा मनाउने विशेष जात्राको आयोजना गरिन्छ । दसैंमा पनि यहाँ विशेष पूजाआजा गर्ने चलन छ । 

महालक्ष्मी

गुणकामदेवले स्थापना गरेको ललितपुरको लगनखेलमा रहेको महालक्ष्मीको मन्दिर चाडबाडमा खचाखच हुन्छ । हिन्दूहरूका ठूला त्रिदेवसरह महाकाली, महालक्ष्मी र महासरस्वतीलाई मानिन्छ । यहाँ चाडबाडका बेला भक्तजनहरूको घुइँचो लाग्छ ।  

 

प्रकाशित :आश्विन १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्