एकै पटक अँगालो हालेर किस गर्‍यो

- सुशील नेपाल

आश्विन ११, २०७४-

 

 

 

शेरे चोरी केसमा सात वर्षको जेल सजाय काटेर निस्किएपछि ।

जेलर : अब यहाँबाट बाहिर गएपछि के गर्छस् ?

शेरे : सुन पसल खोल्छु ।

जेलर : सुन पसल खोल्ने पैसा कहाँबाट ल्याउँछस् नि ?

शेरे : जाबो सुन पसल खोल्न किन चाहियो पैसा ? एउटा गतिलो हथौडा भए पुग्छ ।

 शेरे जुस पसलेसँग

ओ भाइ, छिटो जुस देऊ त, यहाँ झगडा हुनेवाला छ ।

जुसवालाले सेरेलाई एक ग्लास जुस दिएछ

अनि सेरेले पनि जुस स्वाट्टै पारेछ ।

फेरि शेरे : जुस भाइ, फेरि एक ग्लास जुस देऊ त, यहाँ झगडा हुनेवाला छ क्या....

जुस पसलेले फेरि सेरेलाई एक ग्लास जुस दिएछ

अनि शेरेले त्यो जुस पनि 

स्वाट्टै पारेछ ।

यसरी सेरेले चार–पाँच ग्लास जुस पिएछ

अनि

जुस पसलेले रिसाउँदै सोधेछ : हैन दाइ, तपाईं जहिले झगडा हुनेवाला छ भन्नुहुन्छ तर खै कहिले हुन्छ नि झगडा ??

सेरे : तिमीले जुसको पैसा मागेपछि ... ।

 

एउटी सासू आफ्ना तीन जना ज्वाइँको माया थाहा पाउन पोखरीमा हाम फालिन् ।

ठूलो ज्वाइँले उनलाई बचाए र सासू आमैले ठूलो ज्वाइँलाई मर्सिडिज कार उपहार दिइन् ।

अर्को दिन

फेरि पोखरीमा हामफाल्दा कान्छो ज्वाइँले उनलाई बचाए र सानो ज्वाइँले रोयल इन्फिल्ड बाइक पाए ।

तेस्रो दिन

फेरि हामफाल्दा माइलो ज्वाइँ शेरेले सोच्यो : अब एउटा साइकल बाँकी छ, के–को टाउको दुखाउनु ?

सासू आमै डुबेर मरिन्, 

तर शेरेले पाँचतले घर नै उपहार पायो ।

कसरी ?

ससुराले उपहार दिएछन् ।

 

छोराछोरी कस्ता छन् भनेर बुढेसकालमा चिनिन्छन् !

साथीभाइ कस्ता छन् भनेर समस्यामा चिनिन्छन् !

गर्लफ्रेन्ड कस्ती छिन् भनेर पर्समा पैसा सकिएका बेला चिनिन्छिन् !

 

श्रीमती : विवाहपछि किन मलाई माया नै गर्नु हुन्न ?

शेरे : परीक्षा सकिएपछि कसैले पढेको देख्या छेस् ?

घरमा बूढाबूढी आपसमा कुरा गर्दै

बूढो : ए बूढी, यो छोरीको ठाउँमा छोरा जन्मिएको भए कत्ति राम्रो हुन्थ्यो ?

बूढी : भयो राम्रो । तिम्रो भर परेको भए त यै छोरी पनि नहुने ।

बूढो त्यहीं बेहोस ।

एउटी ठूली केटी सानी केटीलाई सम्झाउँदै 

ठूली केटी : तेरो ब्वाइफ्रेन्डले तँलाई किस गर्न खोज्यो भने ‘डन्ट’ भन्नु अनि अँगालो मार्न खोजे ‘स्टप’ भन्नु, बुझिस् ?

सानी केटी : हुन्छ दिदी । 

(भोलि पल्ट) 

सानी केटी : दिदी, त्यसले मलाई त एकै पटक अँगालो हालेर किस गर्‍यो र मैले पनि एकै 

पटक ‘डन्ट स्टप’ भन्दिएँ ।

प्रकाशित :आश्विन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्