चंगा र पिङ खेल्दा ध्यान दिनुस्

- साप्ताहिक संवाददाता

आश्विन ११, २०७४-

 

 चाडपर्वमा रमाइलोका लागि चंगा उडाइन्छ । 

 

 सुरक्षित ठाउँमा मात्र चंगा उडाउनुपर्छ ।

 

 आफूले उडाएको चंगा अर्काले चेट गर्‍यो भनेर रिसाउने, झगडा गर्ने आदि काम गर्नु हुँदैन । 

 

 चंगा छतबाट उडाइने भएकाले वरिपरि बार भए–नभएको ख्याल गर्नुपर्छ । 

 

 चंगा उडाउने धागोले हात काट्न सक्ने भएकाले ध्यान पुर्‍याउनुपर्छ ।

 

 दसैंका बेला धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारण पिङ खेलिन्छ । 

 

 पिङ खेल्दा पिङ कत्तिको बलियो छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

 

 पिङ खेल्दा धेरै मच्चाउनु हुँदैन, लड्ने तथा पिङ उल्टिने सम्भावना हुन्छ । 

 

 पिङको डोरी बलियोसँग समात्नुपर्छ ।

 

 पिङ रोकिएपछि मात्र ओर्लनुपर्छ अन्यथा लडिने डर हुन्छ ।

प्रकाशित :आश्विन ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्