एउटा जागिर, ठूलो गाडी र त्यसमा धेरै केटी पाउँ

- संकलक : सुशील नेपाल

आश्विन १०, २०७४

 

शेरेको घोडा बिरामी भएछ ।

उसले घोडाको उपचार गर्न डाक्टरलाई बोलाएछ ।

डाक्टरले घोडाको जाँच 

गर्दै भनेछन्—

‘तपाईंको घोडालाई खतरनाक रोग लागेको छ ।

तीन दिनको दबाई दिन्छु ।

यदि सन्चो भए ठीकै छ, 

तर सन्चो भएन भने 

यसलाई मार्नुपर्छ,

अन्यथा यो रोग अरू पशुलाई पनि सर्न सक्छ ।’

यो कुरा नजिकै रहेको खसीले सुनिरहेको थियो ।

भोलिपल्ट डाक्टर आएर दबाइ ख्वाएछ र गएछ ।

डाक्टर गएपछि खसीले घोडासँग भनेछ :

‘उठ यार, हिम्मत गर,

नत्र यिनीहरूले तिमीलाई मारिदिन्छन् ।’

तर घोडा उठेनछ ।

दोस्रो दिन पनि डाक्टर आएछ र दबाइ दिएर गएछ ।

अनि खसीले घोडालाई भनेछ :

‘साथी तिमी उठ्नैपर्छ, म तिम्लाई उठ्न मद्दत गर्छु, उठ ।’

तैपनि घोडा उठेन ।

तेस्रो दिन डाक्टर आएछ

र भनेछ :

‘मलाई माफ गर्नुहोस्, मैले यसलाई निको पार्न सकिनँ ।

यसमा केही सुधार देखिएन, अब यसलाई मार्नुपर्छ ।’

यति भनेर डाक्टर घोडा मार्ने सुई लिन गएछ ।

शेरे चाहिँ घोडा गाड्ने खाल्डो खन्न थालेछ ।

यता खसीले घोडालाई भनेछ :

‘साथी, अब तिमी गर या मरको स्थितिमा छौ । यदि तिमी अहिले पनि उठेनौ भने एकछिनपछि यिनीहरूले तिमीलाई मार्नेछन् । त्यसैले हिम्मत गर ।’

(घोडा उठ्न लागेछ)

खसी : ‘हो, राम्रो अझै हिम्मत गर ।

हो, उठिहाल्यौ नि ! अब दौडिएर देखाऊ ।’

घोडा दौडन थालेछ ।

आवाज सुनेर शेरे 

आँगनमा आएछ ।

आँगनमा घोडा दौडिरहेको थियो ।

शेरे खुसीले उफ्रिन थालेछ ।

उसले सारा गाउँलेलाई जम्मा गरेछ र खुसीले कराउन थालेछ :

‘आज चमत्कार भयो । मेरो घोडा निको भयो ।

म ज्यादै खुसी छु ।

यही उपलक्ष्यमा म आज तपाईंहरूलाई

यो खसी काटेर भोज ख्वाउँछु ।’

खसी ठाउँको ठाउँ बेहोस.. ।

 

मान्छेको सबैभन्दा ठूलो कमजोरी के हो ?

१. आँसु

२. गरिबी

३. दुर्भाग्य

४. शंका

५. अशिक्षा

६. स्वार्थ

७. असफल प्रेम

८. सम्झना

९. मूल्यवृद्धि

१०. अनेकता

 

शेरेको तपस्या

शेरे भगवान्को तपस्या गर्दै रैछ ।

एक दिन अचानक भगवान् प्रकट भएछन् ।

भगवान् : तँ के चाहन्छस् माग्...?

शेरे : एउटा जागिर, ठूलो गाडी र त्यसमा धेरै केटी नै केटी । 

भगवान् : तथास्तु..

बिचरा शेरे आज एउटा गल्र्स स्कुलको बस ड्राइभर छ ।

 

शेरेको कहानी

एउटी केटीलाई साइड हानेको, ठाडै थर्काइहाली : ‘मेरो दाइ बाउन्सर’ हो भनेर ।

आफू पनि टिएपी भइयो ।

पछि यसो कुरो बुझेको त,

दाइ चाइनी स्कुलाँ पढाउने

उपाध्याय बाहुन रै’छन्

अनि सबैले उसलाई ‘बाहुनसर’ भन्दा रै’छन् ।

 

शेरे प्लेनबाट झर्ने क्रममा ढोकामा उभिएकी एयर होस्टेजले सोधिछन् : आशा छ, हामीसँग यात्रा गर्दा घरको जस्तै अनुभव भयो होला ।

शेरे : अहँ पटक्कै भएन । घरमा कसैले मैले भनेको केही सुन्दैनथे, यहाँ त एउटा बटन दबाउनेबित्तिकै चारवटी च्याखुरी आइपुग्छन् ।

 

एक दिन शेरे आफ्नी बूढी माइती गएको मौका छोपी गर्लफ्रेन्ड लिएर घरमा आएछ । 

घरमा शेरेकी छोरीले देखिछे अनि शेरेले उसँग डराउँदै भनेछ ।

शेरे : छोरी मम्मीलाई नभन्नु ल बाबाले केटी ल्याएको भनेर, म तिमीलाई २ सय रुपैयाँ दिन्छु नि †

छोरी : म त भनिदिन्छु मम्मीलाई, अहिलेको जमानामा पनि २ सय रुपैयाँ ?

अस्ति मम्मीले केटा लिएर आउँदा मलाई ५ सय दिन्छुभन्दा त मानिनँ, मलाई १ हजार रुपैयाँ चाहिन्छ ।

 

कसको आँखामा के हुन्छ ? 

बाबाको आँखामा.......कर्तव्य 

आमाको आँखामा......ममता

भाइको आँखामा.......प्यार

धनीको आँखामा......घमन्ड

गरिबको आँखामा.......आशा

सच्चा मित्रको आँखामा.. सहयोग 

दुस्मनको आँखामा......बदला

सज्जनको आँखामा......दया

शिष्यको आँखामा......आदर ।

 

बुबा : हेर स्कुल नगएर घरमै मस्ती गरेर बसेको ?

शेरे : स्कुल गएर के हुन्छ र जानु ??? जान्नँ म ।

बुबा (सम्झाउदै) : स्कुल गयो भने परीक्षामा राम्रो अंक आउँछ नि बाबु ।

शेरे : त्यसपछि ???

बुबा : ठूलो भएपछि राम्रो जागिर पाउँछस् र धेरै पैसा कमाउँछस् ।

शेरे : त्यसपछि ???

बुबा : ठूलो घर हुन्छ, तेरो अनि आफ्नै मोटर पनि ।

शेरे : त्यसपछि ?

बुबा : त्यसपछि तँलाई आनन्द हुन्छ, मोज गर्न पाउँछस् ।

शेरे : अनि अहिले के 

गरिरा’छु त ???

प्रकाशित :आश्विन १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्