के गर्दा दसैंमा भयंकर रमाइलो हुन्छ ?

- साप्ताहिक संवाददाता

आश्विन ९, २०७४-

 

 

परिवारसँगसँगै बस्दा र फुर्सदको समय बिताउँदा ।

- विकास खतिवडा, अभिनेता

 

यो दसैंमा मेरो पहिलो गीतको म्युजिक भिडियो देखाउँदा नै भयंकर रमाइलो हुनेछ । 

- नवीन खतिवडा, गायक

 

पिङ खेल्दै साथीहरूसँग रमाइलो गर्नुको आनन्द पनि बेग्लै हुन्छ ।

- सुजन सुवेदी, फेसन व्यवसायी

 

आफ्नो जन्मभूमिमा टेकेर, पुराना साथीभाइ तथा आफन्तहरूसँग भेटेर, हर्षोल्लासका साथ स्वादिलो भोजन खाँदा भयंकर रमाइलो हुन्छ ।

- बीबी अनुरागी, संगीतकार

 

मम्मी–बुबाको हातबाट टीका लगाउँदा ।

- आगन्तुक खरेल, गायिका

 

काटमार नगर्दा ।

- पवन सिम्खडा, ड्रोन अपरेटर

 

बा–आमाको हातबाट टीका लगाउँदा, मामाको हातबाट दक्षिणा थाप्दा, साथीभाइसँग तास खेल्दा अनि मायालुसँग पिङमा मच्चिँदा भयंकर रमाइलो हुन्छ । 

- पवन शर्मा, अभिनेता

 

एक हातमा म्यारिजको सेट, अर्को हातमा चिसो बियर । त्यसमै छ भयंकर मज्जा ।

- परशुराम रिजाल, गायक

 

दसैंमा परिवारलाई समय दिन पाइन्छ । त्यही हुन्छ भयंकर रमाइलो ।

- नव ढुंगेल, भिडियो निर्देशक

 

आशिष लिँदा ।

- पूजा शर्मा, अभिनेत्री

 

नवरात्रिमा जाग्राम बस्दा ।

- कामेश्वर चौरसिया, अभिनेता

 

मम्मीले पकाएको मासु खाँदा ।

- विशारद बस्नेत, अभिनेता

 

काठमाडौंको खाली सडकमा सरर गाडी कुदाउन पाउँदा ।

- तेञ्जिङ शेर्पा, इभेन्ट आयोजक

 

आफन्त भेट्दा र पिङमा मच्चिँदा । 

- आकांक्षा बस्याल, गायिका 

 

तासमा जित्दा ।

- भीम बिसी, संगीतकार 

 

दसैंको अवसरमा परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा हुँदाको क्षण सबैभन्दा रमाइलो हुन्छ । 

- प्रह्लाद तिमिल्सिना, गायक

 

यसपटकको दसैंमा आउन लागेको चलचित्र छक्कापञ्जा हेर्दा नै रमाइलो होला । 

- प्रदीप भट्टराई, निर्देशक

 

आफन्तहरू भेला भै सबै जना मिलेर खानेकुरा बनाउँदा, सँगै खाँदा अनि केही रमाइलो खेल खेल्दा तथा दु:ख–सुखका कुरा गर्दा ।

- महेश आचार्य, गीतकार

 

परिवारका सदस्य तथा साथीहरूसँग रमाइलो गर्दा, आमाको हातबाट टीका लगाउँदा अनि भेडेटार घुम्दा । 

- हेमन्त गौतम, टेलिभिजनकर्मी 

 

जब परिवारका सदस्यहरू एक ठाउँमा भेट हुन्छन्, त्योभन्दा ठूलो खुसी अरू हुनै सक्दैन ।

- बीपी वाग्ले, गायक

 

आफन्त, परिवारजन तथा साथीभाइसँग बसेर गफ गर्दा अनि मीठा–मीठा परिकार खाँदा । 

- मिलन चाम्स, निर्देशक

 

देखासिकी गरेर मनाउनुभन्दा आफ्नो गच्छेअनुसार मनाउँदा नै रमाइलो होला । 

- दीपक बराइली, संगीतकर्मी

 

भगवतीका विभिन्न शक्तिपीठ पुग्दा सबैभन्दा बढी रमाइलो हुन्छ । 

- सुदीप आचार्य, भिएफएक्स 

 

दसैंमा परिवारका सदस्यहरूसँग सामूहिक भेटघाट हुन्छ । विभिन्न थरीका नेपाली परिकारको स्वाद लिन पाइन्छ । मनोरञ्जनका लागि तास अनि पिङ खेलिन्छ । 

- नवीन पौडेल, गायक

 

मज्जासँग सुत्न पाइयो भने त्योभन्दा भयंकर रमाइलो अरू केही हुँदैन । 

- विनोद सिंह, इभेन्ट म्यानेजर

 

मित्र तथा आफन्तजनसँगको भेटघाट नै सबैभन्दा रमाइलो क्षण लाग्छ । 

- प्रकाश लेप्चा, संगीतकार 

 

गाउँमा गएर दसैं मनाउन पाउँदा असाध्यै रमाइलो हुन्छ ।

- किसन सुनार, अभिनेता

 

अरूले निधारमा टीका लगाएको हेर्न पाउँदा अनि नानीहरू खुसी भएको देख्दा नै रमाइलो हुन्छ । 

- डोमा शेर्पा, गायिका

 

अग्रजहरूबाट टीका ग्रहण गरेर आशीर्वाद लिँदा त्यसै रमाइलो हुन्छ । 

- सूर्य चन्द, सञ्चारकर्मी 

 

मान्यजनबाट आशीर्वाद लिई उहाँहरूको सम्मान गर्दा । 

- राजेन्द्र बजगाईं, संगीतकार 

 

फुर्सदका बेला सबै आफन्त भेटघाट हुँदा नै सबैभन्दा रमाइलो हुन्छ । 

- राजकुमार देवकोटा, गायक

 

आफूसँग जे, जस्तो छ त्यसमै खुसी भएर मान्यजनको आशीर्वाद लिई दसैं मनाउँदा धेरै रमाइलो हुन्छ । 

- रेखा पौडेल, संगीतकार

 

अशक्तहरूलाई सक्नेले राहत दिएर उनीहरूको घरमा पनि दसैं भित्र्याउन सके त्योभन्दा रमाइलो अरु केही हुने छैन । 

-भुवन प्यासी, गायक

 

ठूलाबडाको आशीर्वाद थाप्दा बिछट्टै रमाइलो हुन्छ । 

- अर्बिन कोइराला, मोडल

 

तासमा जितियो भने ।

-नीता ढुंगाना, अभिनेत्री

 

नौरथाको नौ दिन विभिन्न शक्तिपीठमा गएर पूजा गर्दा रमाइलो हुन्छ ।

- नीरु खड्का, अभिनेत्री

 

बलिप्रथा कम गरियो भने सबैभन्दा रमाइलो हुन्छ ।

- रेखा शाह, गायिका

 

 

प्रकाशित :आश्विन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्