कभर स्टोरीले युवाको धाराणा परिवर्तन गर्‍यो

- साप्ताहिक संवाददाता

आश्विन ९, २०७४-

गत साता साप्ताहिकमा प्रकाशित कभर स्टोरीले आमयुवाको धारणा परिवर्तन गरिदिएको छ (फ्रन्टपेज : ह्यान्डसम हार्डवर्कर्स) । यसले पढेलेखेका मानिसहरूले जागिर खानैपर्छ वा विदेश जानैपर्छ भन्ने मान्यता तोडिदिएको छ । संघर्षशील युवा उद्यमीहरूको यो कथा जो–कसैका लागि प्रेरणादायक छ । नेपालमै राम्रो आम्दानी गर्ने वातावरण भएपछि विदेश जार्नैपर्छ भन्ने पनि छैन ।

- श्वेता लोप्चन, नवीन मगर, रूप सिंह

गायक सत्यराज आचार्य चलचित्र अभिनेताका रूपमा आउन लागेको खबरले हर्षित बनायो (सत्यसँग सुप्रिया) । सत्यराजलाई अग्रिम शुभकामना ।

- सुनिल राना

मिस यूकेको उपाधि जितेकोमा सिर्जना गुरुङलाई बधाई छ (सिर्जनालाई मिस यूके नेपालको उपाधि) । विदेशमा नेपालको नाम राख्ने काम गर्नुहोला । 

- निर्मल

चाडबाड, यात्रा एवं गहनासम्बन्धी टिप्स उपयोगी छन् । दैनिक जीवनमा काम लाग्ने यस्तै टिप्स आगामी अंकमा पनि पढ्न पाइयोस् । 

- बिराज अधिकारी

लामो समयपछि नाटकमा फर्किएका अभिनेता टीका पहारीको अभिनय पक्कै पनि फरक छ (फटाफट : नाटकमा अभिनयको बेग्लै मज्जा हुन्छ) । लामो समय रंगमञ्चमै काम गरेकाले उनी अनुभवी छन् । उनको अभिनय कलाको फेरि पनि चर्चा चल्नेछ । 

- ज्योति कार्की

अभिनेता राजबल्लभ कोइराला वैवाहिक जीवनमा बाँधिन लागेकोमा बधाई छ (राजकी जीवनसाथी) । सुखद दाम्पत्य जीवनका लागि अग्रिम शुभकामना ।

- अश्लेषा मैनाली

जीवनसाथीलाई नै बेस्ट फ्रेन्ड मान्नेहरूको सम्बन्ध बढी सुमधुर भएको पाइन्छ (मेरो ग्याङ : निखिल उप्रेती नै मेरो बेस्ट फ्रेन्ड) सञ्चिता र निखिलको सम्बन्धमा त्यस्तो तिक्तता आएको सुनिएको पनि छैन । 

- अमृत अधिकारी

भेडीखर्के साइँलालाई हार्दिक श्रद्धाञ्जली (रहेनन् भेडीखर्के) । उनले संसार छाडेर गए पनि उनले स्वर भरेका ठाडो भाका कहिल्यै हराउनेछैन । 

- प्रमोद अधिकारी

नेपाली तथा शेर्पा भाषामा गीत गाउन सक्षम डोमा शेर्पाजी गीत–संगीतलाई निरन्तरता दिनुहोला (म्युजिक 

डायरी : दार्जीलिङमा नेपाली गायिका) । नेपालबाहिर भए पनि नेपाललाई माया गर्नुहोला ।

- विश्व लामा

 

प्रकाशित :आश्विन ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्