यो दसैंमा विशेष के गर्दै हुनुहुन्छ ?

- साप्ताहिक संवाददाता

आश्विन ७, २०७४-

टीका ग्रहण नगरे पनि घर गएर गाउँभरिका साथीभाइ एवं दिदी–बहिनीहरूसँग भेटघाट गर्ने साथै गाउँघरमा सांगीतिक कार्यक्रम पनि हुँदैछ । 

- अशोक सुस्केरा

अर्काको नुन खाएपछि के गर्नु हजुर ? नुनको सोझो गर्नैपर्‍यो । कानो गोरुलाई औंसी न पूर्णे । 

- राज शर्मा

कामलाई निरन्तरता दिने विचार छ । 

- राम थापा

सेल रोटी गोजीमा हाल्ने अनि काम गर्न जाने । 

- अनिल गुरुङ

साथीहरूसँग रमाइलो गर्ने, अनि आफन्तहरूकहाँ गएर टीका थाप्ने । 

- क्षितिज राई

खसी काटेर खाने, नयाँ लुगा लगाउने र मामा घर जाने । 

- प्रल्हाद बास्तोला 

रहर–इच्छा धेरै छन्, तर अड्किन्छ एउटै कुराले । 

- रोशन राई

ड्युटी गर्दै समय जान्छ । अरू केही गर्ने त समय नै हँुदैन । 

- लक्ष्मण

क्यार्नु हौ, तनावै तनाव छ जिन्दगीमा । घरमा बुहारीको खाँचो छ भन्दै ल्याङ–ल्याङ गर्छन् । म त चट्ट बिहे गर्ने हो अब । 

- नेयमार

खाडीको तातो घाममा १२ घण्टा ड्युटी गर्दैछु । 

- मौसम केसी

पुस्तक पढ्ने तथा पिङ हाल्ने योजना छ । 

- राष्ट्रप्रेमी

यत्रो वर्ष टीका लगाइयो तर त्यो भट्याउने आशिक फिटिक्कै कण्ठ भएन । यसपालि कण्ठ गर्ने र त्यसको भाव पनि अक्षरश: बुझ्ने विशेष योजना छ । 

- चिसो बतास

हजुरआमा तथा बुबा–आमाको हातबाट टीका लगाउने ।

- भोला अधिकारी

पशु हत्या, हिंसा र मासुजन्य वातावरणबाट टाढा, आफन्त तथा साथीभाइ भेटघाटमा व्यस्त हुने ।

- नवीन 

साथीभाइहरूसँग बसेर पार्टी खाने विचार छ । 

- अनिल गिरी

अफिसमा बसेर ल्यापटपमा काम गर्ने । 

- पंकज

यसपालिको दसैंमा घर जान नपाइने भयो । खायो, कोठामै बस्यो ।

- सुसन लिम्बू

रमाइलो गर्ने, मान्यजनको हातबाट टीका लगाउने तथा आशीर्वाद लिने ।

- समीप रानामगर

एउटा विशेष काम गर्दैछु, साथै नयाँ लुगा पनि नकिन्ने भएको छु । 

- दिपेशराज

मोबाइल अफ गरेर सुनसान ठाउँमा एक्लै डुलिहिँड्न मन छ । 

- बाटोघर कान्छा

परिवारसँग बसेर मन–मुटुको ढुकढुकी साप्ताहिक पढ्दै दसैं मनाउने सोच छ ।

- सन्तोष पराजुली

सुन्दरबजार नगरपालिका वार्ड नम्बर–९, फेदिकुनाका सबै दाजुभाइ–दिदीबहिनीहरू मिलेर सडकछेउमा वृक्षारोपण गर्ने विचार गर्दैछौं ।

- सनराइज बोगटी

यो दसैं न त्यो दसैं । हामी परदेशीलाइ कहाँ दसैं आउँछ र ? वर्षौं भयो, दसैंविहीन भएको । 

- भूमिराज राइ (सानो साथी)

घोर्ले खसीको मासुसित तीनपाने कोदाको झोल तान्ने सोच छ ।

- अर्जुन गिरी

यो दसैंअगावै एउटी राम्री दुलही भित्र्याएर टीका लगाउन नयाँ ससुराली जाने सोच थियो नि, तर... ।

- दीपक बस्नेत 

मदनकृष्णको ‘महको म’ पढ्ने अनि साथीभाइहरूसँग रमाइलो गर्ने । 

- ख्यामु सुवेदी

२ नम्बर प्रदेशको निर्वाचनको मतपरिणाम हेरिन्छ । यसमै देखिन्छ असली दसैं ।

- विशेष ढुंगाना

साथीभाइसँग भेटघाट गर्ने, घर–परिवारसँग रमाइलो गर्ने ।

- सुवास गुरागार्इं

आफन्तजनसँग भेटघाट गर्ने सोच छ । 

- थलारी भट्टराई

नयाँ लुगा लगाइन्छ, सोलमारी गइन्छ ।

- सुरज श्रेष्ठ

घुम्ने, खाने र सुत्ने ।

- ह्याप्पी सिडी

पहिलो पटक दसैंको टीका लगाउन ससुराली जानुपर्नेछ ।

- फाल्गुन सुवेदी

म त यही मौकामा राम्रो व्यापार गर्ने सुरमा छु । 

- श्याम केसी

दाजुभाइसँग भेटघाट गर्ने, परिवारसँग रमाइलो गर्ने अनि हल्का घुमघाम गर्ने सोच छ । 

- श्यामजंग थापा

नुवाकोट घुम्न जाने सोच छ । 

- दीपक तामाङ

आफ्ना लागि आईफोन किन्छु । 

- नवीनकुमार दाहाल

 

प्रकाशित :आश्विन ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्