दसैंका लागि ड्रेस टिप्स

- साप्ताहिक संवाददाता

आश्विन ६, २०७४-

 

 

 यो वर्षको दसैंमा गर्मीनै हुने देखिएको कारण पहिरनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

 

 दसैंमा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका पहिरन लगाउनु उपयुक्त हुन्छ । 

 

 युवतीहरूले एकै खालको डिजाइन र स्टाइललाई निरन्तरता नदिएर केही चेन्ज गर्नु राम्रो हुन्छ । 

 

 यद्यपि दसैंमा यही पहिरन नै लगाउनुपर्छ भन्ने छैन ।

 

 सकेसम्म रंगीचंगी पहिरन रोज्नुपर्छ ।

 

 बजारमा अहिले थरी–थरीका साडी, कुर्ता तथा लेहङ्गाका साथमा वान पिस पनि लोकप्रिय छन् ।

 

 दसैंमा टीका थाप्दा प्राय: रातो रंगकै पहिरन प्रयोग गरिन्छ । 

 

 पुरुषहरूका लागि नर्मल सर्ट–पाइन्ट नै सोवर देखिन्छ ।

 

                              संगीता खड्का 

                         क्यास क्रिएटिभ एन्ड 

                            इस्टाइल हाउस 

                               कुपन्डोल

प्रकाशित :आश्विन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्