बोधिछायाँ मञ्चन

- साप्ताहिक संवाददाता

आश्विन ६, २०७४-

भगवान गौतम बुद्धको जीवनीमा आधारित नाटक बोधी छायाँको मञ्चन आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भयो । सुशीला आर्ट एकेडेमीका कलाकारहरूले अभिनय गरेको उक्त नाटक नृत्य नाटिकाको स्वरूपमा प्रस्तुत गरिएको थियो ।

१२ भागको नाटक बोधी छायाँमा गौतम बुद्धको जन्मदेखि बुद्धत्व प्राप्ति हुँदै निर्वाणसम्मको कथा प्रस्तुत गरिएको थियो । यो नाटकको निर्देशन कविता श्रीवासनले गरेकी हुन् । 

 

प्रकाशित :आश्विन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्