ऐश्वर्य प्राप्तीको संघर्ष

- साप्ताहिक संवाददाता

आश्विन ६, २०७४-

रमेश उप्रेतीको फिल्म ‘ऐश्वर्य’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा ऐश्वर्य प्राप्तिका लागि गरिने संघर्षलाई देखाइएको छ । बिजनेसम्यानको कथा भनिएको यस फिल्ममा त्यहि किसिमको प्रोपर्टी पनि प्रयोग गरिएको छ । लभ स्टोरी जनराको यस फिल्ममा सुख सम्पति प्राप्तिको पछी लाग्दा निम्तिने अवस्थालाई देखाइएको छ ।

फिल्म अँउदो कार्तिक ९ अर्थात् छठ पर्वको दिन रिलिज हुँदैछ । अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् ।

फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतका कलाकारले अभिनय गरेका छन् । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।  

निर्मल शर्मा सह निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ ।  

फिल्म ‘ऐश्वर्य’को ट्रेलर

 

प्रकाशित :आश्विन ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्