नि:सन्तानपनको साच्चै उपचार हुन्छ ?

- डा. बालकृष्ण साह

आश्विन ५, २०७४-

नि:सन्तानहरूको ग्यारेन्टीका साथ उपचार गरिन्छ भनेर विज्ञापन आइरहेका हुन्छन् । त्यस्ता विज्ञापन कति विश्वसनीय होलान् ?

                                                 

आधुनिक चिकित्सा विज्ञानले धेरै प्रगति गरेको छ । नि:सन्तान दम्पतीको उपचार अनि उपचार सम्भव नभए असिस्टेट रिप्रोडक्टिभ टेक्निक्सहरू अर्थात् शुक्रकिटको बिजारोपण तथा टेस्टट्युब बेबीजस्ता प्रविधि पनि नेपालमा उपलब्ध भएकाले यसको उपाय छ भन्नुपर्छ ।

सन्तान नभएका धेरै दम्पतीले यसरी सन्तान जन्माएका पनि छन् । नेपाल सरकारको प्रसूति गृह थापाथलीमा समेत यो सुविधा छ । यद्यपि चिकित्साविज्ञानमा ग्यारेन्टी भन्ने कुरा भने हँुदैन । कसैले ग्यारेन्टी गर्छ भने त्यो उसको व्यक्तिगत कुरा होला, कुनै पनि जेन्युअन चिकित्सक वा अस्पतालले ग्यारेन्टी गर्न सक्दैनन् ।

                                                                                - स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                                                      मोरङ सहकारी अस्पताल 

प्रकाशित :आश्विन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्