छोटो चोलीमा प्रियंकाको सकस

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७४-

कात्तिक १७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फाटेको जुत्ता’को नायाँ गीत सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्कीले सार्वजनिक गीतमा आइटम नृत्य गरेकी छिन् । चलचित्रको शिर्ष भूमिकामा रहेकी कार्कीको अभिनय भएको ‘छोटो चोली’ बोलको गीत सार्वजनिक गरिएको हो ।  

सार्वजनिक भएको चोली बोलको गीतमा मिना निरौला र शंकर थापाको स्वर रहेको छ । भिडियोको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको  कमेडी कथा बनेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारले अभिनय गरेका छन् ।

छोटो चोलीको भिडियो

 

प्रकाशित :आश्विन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्