उपाधि र स्कुटर एकैपटक

- साप्ताहिक संवाददाता

आश्विन ५, २०७४-

‘मिसेस नेशनल आईकन–२०१७’ को उपाधि शर्मिला तामाङले जितेकी छन् । शर्मिलाले उपाधिसँगै यमाहाको स्कुटी तथा नगद पनि प्राप्त गरेकी छन् । 

ब्राईट इन्टरटेनमेन्ट प्रालिको आयोजना पहिलोपटक सम्पन्न ‘मिसेस नेशनल आईकन’ मा फस्ट र सेकेण्ड रजरअप क्रमश जेनिफर बज्रचार्य र ख्लेमुहाङ राई भए भने थर्ड र फोर्थ रनरअप क्रमश अरुणा शेर्पा र स्मृति राई भएका छन् । उनीहरुले पनि दामाशाही नगद ७ हजार तथा सवटाइटल प्राप्त गरे । आयोजक संस्थामा अध्यक्ष तथा गायक धनिराम राईका अनुसार अन्य ब्युटि प्याजेन्ट भन्दा फरक देखाउन स्कुटी र नगद प्रदान गरिएको हो । 

बिबाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्‍याउन आयोजना गरिएको भनिएको प्रतियोगिताको ब्युटि संयोजक सोनाम थुलुङ राई तथा कार्यक्रम संयोजक गणेश ईसाराले गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी सञ्चारकर्मी एवं मोडल कला सुब्बाले गरिरहेकी थिइन् ।

 

प्रकाशित :आश्विन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्