‘मिलानकोली अभियान’को प्रदर्शन

- राजाराम पौडेल

आश्विन ५, २०७४- 

 

गिनिज बुक अफ दी वल्र्ड रेकड्र्समा नाम लेखाउने क्रममा रहेको वातावरण सम्बन्धी गीतको पोखरामा पहिलो प्रदर्शनी गरिने भएको छ । गीत सम्बन्धी जनचेतना जगाउने उद्देश्यले असोज ७ गते साँझ ५ बजे पोखराको तेर्सापट्टीस्थित श्रीकृष्ण हलमा प्रदर्शन गरिने भएको हो ।  

३३ मिनेट ४९ सेकेण्डको यो गीतसहित ‘मिलानकोली अभियान’ सम्बन्धी वृत्तचित्रसमेत प्रदर्शन गरिने गीतका श्रष्टा तथा ‘मिलानकोली अभियान’का अभियन्ता निपेश ढाकाले जानकारी दिए ।

ढाकाका अनुसार गिनिज बुक अफ दी वल्र्ड रेकड्र्समा दर्ताको प्रक्रियामा रहेको यस गीतमा १ सय ६५ जना कलाकारले स्वर दिएका छन । गीतमा राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित ५ वर्षीय निस्पल अधिकारीलगायतले स्वर दिएको ढाकाले बताए । गीतमा पोखरेली गायक गायीकाहरु रामभक्त जोजिजु, इतु जोजिजु, बिनोद बानिया, गंगाधर पराजुलीलगायतको पनि स्वर छ । गीत प्रदर्शनीमा पोखरामा उपलब्ध कलाकारहरुको पनि उपस्थिति रहने बताइएको छ ।

गीतमा वातावरण, जैविक विविधता, जल, जमिन, वन जंगललगायतको महत्व र यसको संरक्षण गर्नुपर्ने कुरालाई उठान गरिएको ढाकाले बताए ।

प्रकाशित :आश्विन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्