कोमलका स्थान विशेष फेसन

- राधिका अधिकारी

आश्विन ५, २०७४

कोमल वलीगायिका

गायिका कोमल वलीले दसैंलाई सानैदेखि सामाजिक तथा धार्मिक पर्वका रूपमा बुझ्दै आइन् । ठूलो परिवारमा हुर्किएकी कोमल नारी शक्तिको पूजा गरेर छोरीहरूलाई मायाले टीका–दक्षिणा दिने कुराले तानिन्थिन् । दसैंका बेला विभिन्न शक्तिपीठमा पुगेर पूजा गर्ने, नौरथाभरि घरमै दुर्गा सप्तसति पाठ गरेर पूजा गर्ने परम्परा हेर्दै आएकी कोमल आज पनि त्यही परम्परालाई निरन्तरता दिन्छिन् । परम्पराको निरन्तरतासँगै अवस्थाअनुसार उनले लगाउने पहिरन पनि फरक–फरक हुन्छन् ।

पूजा गर्दा

कोमल प्रत्येक वर्ष घरमा नवदुर्गाको पूजा गर्दा सुतीको साडी तथा चोली लगाउँछिन् भने विभिन्न शक्तिपीठमा पूजा गर्न जाँदा रंगीचंगी कुर्ता–सुरुवाल तथा गाउन लगाउन रुचाउँछिन् ।

घरमा बस्दा

दसैंको छुट्टीमा घरमा बस्दा भने ड्रेसअपमा खासै ध्यान नदिने कोमलसकेसम्म सिम्पल कुर्ता–सुरुवाल नै लगाउँछिन् । दसैंमा घरमा पाहुना आइरहने, छोरी मान्छे भएकाले भान्छामा पनि पस्नुपर्ने भएकाले कुर्ता–सुरुवाल हल्का र सोभर लाग्ने कोमल बताउँछिन् ।

टीका थाप्न जाँदा

टीका थाप्न जाँदा भने ठाउँ हेरेर पहिरन लगाउने कोमल आफूभन्दा ठूला, मान्नुपर्ने आफन्तकहाँ टीका थाप्न जाँदा कुर्ता सुरुवाललाई नै प्राथमिकतामा राख्छन् । कोमल आफूसरहकै आफन्तका जाँदा भने गाउनलगायतका रंगीचंगी पहिरन लगाउँछिन् ।

मेकअप

कोमल वली मेकअपमा गाजल कहिल्यै छुटाउँदिनन् । सामान्य मेकअप नै रुचाउने कोमल दसैंमा त्यति धेरै मेकअप गर्दिनन् । म्याक कम्पनीका सौन्दर्य प्रशाधन प्रयोग गर्ने कोमल गाजलमा हल्का लाइट कलरको लिपिस्टिक लगाउन रुचाउँछिन् । दसैंमा निधारभरि अक्षता हुने र टीकाले मेकअप छोपिने हुनाले पनि त्यत्ति धेरै मेकअप नगर्ने कोमलले बताइन् ।

प्रकाशित :आश्विन ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्