आईडलबाट आउट गगनको संगीतमा इन्ट्री

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७४- 

नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले आफ्नै गीतका साथमा सांगीतिक बजारमा आएका छन् । निमुखा युवराजको शब्द तथा कल्याण सिंहको संगीतमा गगनले ‘बतास सँगै’ बोलको गीत गाएका हुन् ।

गोपाल रसाईलीको संगीत संयोजनमा रहेको सार्वजनिक गीत उनले आफ्नो पहिलो एल्वम ‘द चेन्ज’मा समावेश गर्ने जनाएका छन् ।  

गगनको पहिलो एल्वममा समावेश हुने उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । सागर राजको निर्देशन रहेको म्यूजिक भिडियोको अनिल के मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ ।  गगन फुँयाल नेपाली ताराको टप २० र नेपाल आईडलको थिएटर राउन्डबाट बाहिरिएका थिए ।  

 

प्रकाशित :आश्विन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्