ज्याकलिनलाई गार्‍हो

- एजेन्सी

आश्विन ४, २०७४-

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले चलचित्र जुडवाको सिक्वेलमा करिश्मा कपुरको जस्तो भूमिका निर्वाह गर्न प्रशस्त मेहनत गर्नुपरेको कुरा बताएकी छिन् ।

दुई दशकअघि प्रदर्शन भएको जुडँवामा सलमान खानको दोहोरो भूमिका थियो भने करिश्मा कपुर तथा रम्भाले उनको जोडीको भूमिका निर्वाह गरेका थिए । दुई सातापछि प्रदर्शन हुने जुडवा–२ मा करिश्माले निर्वाह गरेको भूमिका ज्याकलिनको भागमा परेको छ ।

यो चलचित्रमा मैले करिश्माको जस्तै उत्कृष्ट अभिनय गर्न नृत्यदेखि अभिनयसम्ममा प्रशस्त मेहनत गरे, ज्याकलिन भन्छिन्—नृत्यमा अब्बल करिश्मा त्यो बेलाकी उत्कृष्ट अभिनेत्री थिइन्, उनीजस्तै नृत्य गर्न मैले सक्दो प्रयास गरेकी छु । चलचित्रको ट्रेलरमा पनि मेरो मेहनत झल्किएको छ । चलचित्र प्रदर्शन भएपछि मात्र मैले करिश्मा जत्तिको प्रस्तुति दिन सकें कि सकिन भन्ने कुरा बताउन सकिनेछ ।

 

प्रकाशित :आश्विन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्