नेपाल भाषा फिल्म ‘आ छु याय ?’

- साप्ताहिक संवाददाता

आश्विन ४, २०७४- 

नेपालमा फिल्मको ईतिहास ५३ बर्ष भन्दा लामो र पुरानो छ । सागसँगै ३० बर्ष पुरानो ईतिहास नेपाल भाषाका फिल्मीहरुले बाकेको छ । नेपाल भाषा अर्थात नेवारी फिल्म जुन नेपालमा बर्षको आधा दर्जनको हाराहारीमा अहिले निर्माण हुने गर्दछ । ३० बर्ष अगाडीका सिलु र राजमति लगायतका नेवारी फिल्महरुले नेपाली फिल्मले जस्तै बजार कायम गरेको थियो । 

तर, हाल त्यो अवस्था छैन । अहिलेका नेवारी फिल्महरु  ८ लाख सम्म निर्माण गरिसक्ने र विभिन्न क्लव तथा संघ संस्थाहरुको सहकार्यमा च्यारिटि शो गरेर पैसा उठाउनु पर्ने बाध्यता रहेको छ । फिल्मलाई बजार नभएको हो या बजार अनुसारको फिल्म नबनेको हो, त्यो नेवारी चलचित्रकर्मीलाई नै थाहा होला । तर अहिले जिमिगु स: फिल्म प्रोडक्शनले नयाँ प्रविधिको प्रयोग गर्दै ठूलो लगानीमा नेवारी फिल्म निर्माण गर्ने घोषणा गरिएको छ । 

फिल्मका निर्माता प्रकाश लाल जोशीका अनुसार पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषा (नेवारी) फिल्म बनाउन लागेको बताए । उनले ३० बर्षको अगाडीको नेवारी फिल्म र अहिलेको नेवारी फिल्म जस्ताको तस्तै भएको र परिवर्तन नभएको कारण परिवर्तनको लागि ठूलो लगानीमा फिल्म ‘आ छु याय ?’ निर्माण गर्न लागेको बताए । यो फिल्म ४० देखी पचास लाखको बिचमा निर्माण हुनेछ । फिल्मलाई निर्देशक समिर बलामी ले निर्देशन गर्ने छन् । निर्देशक बलामीले नेवारी चलचित्रको मार्केट खोज्न सोही अनुसारको फिल्म बनाउन लागि परेको निर्माण टिमलाई आफु पनि सहभागी भएर सहयोग गरेको बताए । निर्देशक बलामीले आफुले नेवारी भाषा सबै नबुझेपनि फिल्मलाई न्याय गर्ने बताए । उनले पहिलो पटक आफुले निर्माण टिमको पटक–पटक को आग्रहलाई स्विकार्दै नेवारी फिल्म निर्देशन गर्न लागेको उनको भनाई छ ।

फिल्मको कलाकारहरुको लागि अडिशनको आह्वान गरिएको छ । निर्माण टिमसँग सम्पर्क वा समाजिक सञ्जाल फेसबुकमा जिमिगु स: एकाउण्टमा निशुल्क फारम भरि तत्काल ईच्छुक कलाकारहरुले अधिशन दिन सक्ने निर्माण टिमले बताईएको छ । दसैं लगतै अधिशन हुने फिल्मको सबै कलाकार र प्राविधिक टोली अधिशनको बेलामा घोषणा गरिनेछ जनाईएको छ । 

 

प्रकाशित :आश्विन ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्