स्वादमार्गको सफर

- साप्ताहिक संवाददाता

आश्विन ३, २०७४

यात्रामा निस्कदा धेरैलाई धेरै थरिका चिन्ताले सताउन सक्छ । लामो यात्राका बेला साथी, बाटो अथवा अन्य कुरा जस्तै कहाँ गएर के खाने भन्ने पनि धेरैको मनमा लाग्न सक्छ । अथवा स्थान विशेष खानाका बारेमा जानकारी नभएर पनि सामान्य खाना खाएर गन्तव्यमा पुग्न सकिन्छ । आज हामीले देशका विभिन्न स्थानमा पाईने केहि विशेष खानाका बारेमा रिर्पोटिङ गरेका छौं...

 

चिसापानी, कैलाली 

लोकप्रिय परिकार : कर्णालीको 

असला माछा 

पाइने स्थान : प्राय होटल

मूल्य : प्रतिप्लेट २००/—  

कोहलपुर, बाँके 

लोकप्रिय परिकार : थारु परिकार (ढिकरी, लोकल रक्सी तथा जाँड, माछाको चटनी)

पाइने स्थान: गाभर भ्याली होमस्टे

मूल्य : ढिकरी प्रतिप्लेट ८०/–, लोकल रक्सी बोतलको १६०/–, जाँड १८०/– 

दाउन्ने, नवलपरासी 

लोकप्रिय परिकार : लोकल कुखुराको मासु र भात 

पाइने मुख्य स्थान : कान्तिपुर होटल, दाउन्ने 

मूल्य : प्रतिछाक ३५०/– 

 

अमिलिया, दाङ

लोकप्रिय परिकार : राप्ती नदीको माछा

पाइने स्थान : सडक छेउका प्राय होटल

मूल्य : प्रतिप्लेट १८०/–

दुम्किवास, नवलपरासी 

लोकप्रिय परिकार : हाँसको छोइला पाइने स्थान : चौधरी होटल 

मूल्य : प्रतिप्लेट ३००/–

गड्डाचौकी, कञ्चनपुर 

परिकार : महाकालीको महाशीर माछा

पाइने स्थान : पन्त होटल

मुल्य प्रतिप्लेट : २००/– 

देखि २५०/– 

बुटवल, रुपन्देही 

लोकप्रिय परिकार : खसीको सेकुवा 

पाइने स्थान : मालिका सेकुवा कर्नर तथा राज सेकुवा कर्नर, ट्राफिकचोक बुद्धपथ 

मूल्य : प्रतिझिर २००/–

वाणी, कञ्चनपुर

लोकप्रिय परिकार : मकैको रोटी, डुप्का, दही, मही र हरियो खुर्सानी 

पाइने स्थान : होटल इट एन पार्क 

मूल्य : प्रतिरोटी ५०/–

चन्द्रौटा, कपिलवस्तु 

लोकप्रिय परिकार : राप्तिको माछाका परिकार 

पाइने स्थान : शिवराज रेस्टुराँ 

मुल्य : प्रतिप्लेट २००/–

धानखोला

लोकप्रिय परिकार : लोकल कुखुराका परिकार र मौवाको लोकल रक्सी

पाइने स्थान : सडकछेउका प्राय होटल

मूल्य : मासु प्रतिप्लेट १५०/–, रक्सी प्रतिबोतल ८०/–

 

नयाँगाउँ, बाँके

लोकप्रिय परिकार : थारु परिकार (ढिकरी, लोकल रक्सी, जाँड, माछाको चटनी)

बर्दघाट, नवलपरासी 

लोकप्रिय परिकार : खीर 

पाइने स्थान : बस्याल खाजा घर 

मूल्य : प्रतिप्लेट ७५/– 

ढकेरी, बाँके

लोकप्रिय परिकार : लोकल कुखुराको मासु, पाइने

स्थान : सडक छेउका प्राय होटल । 

मूल्य : प्रतिप्लेट १७०/–

अमलेखगन्ज, बारा 

लोकप्रिय परिकार : लोकल कुखुराको सेकुवा, ग्रेभी, तास

पाइने स्थान : जर्घा होटल 

मूल्य : प्रतिप्लेट २००/–

नारायणगढ, चितवन 

लोकप्रिय परिकार : तास

पाइने स्थान : भेटघाट रेस्टुरेन्ट

मूल्य : २२०/–

अगैया, बाँके

लोकप्रिय परिकार : राप्ती नदीको माछा,

पाइने स्थान : सडक छेउका प्राय होटल,

मूल्य : प्रतिप्लेट १८०/–

गछिया, मोरङ

लोकप्रिय परिकार : विभिन्न प्रकारका माछा, 

पाइने स्थान : विभिन्न होटल 

मूल्य : प्रतिप्लेट १५०/—

सतबरिया, दाङ

लोकप्रिय परिकार : राप्ती नदीको माछा र थारु परिकार

पाइने स्थान : थारु गाउँले होटलहरू

मूल्य : प्रतिप्लेट रु. १८०/–

बेलबारी, मोरङ 

लोकप्रिय परिकार : थुक्पा

पाइने स्थान : श्रेष्ठ होटललगायत 

मूल्य : प्रतिप्लेट १००/—

पथरी, मोरङ

लोकप्रिय परिकार : सेकुवा र बंगुरको कान

पाइने स्थान : वेलकम होटल तथा ठूल्दाइ होटल

मूल्य : बंगुरको कान १००/—, सेकुवा १५०/— 

बरमझिया,सप्तरी 

लोकप्रिय परिकार : पेडा

पाइने स्थान : वरमझियाका पेडा पसलहरू

मूल्य : के.जी. ७००/— 

भरतपुर, चितवन 

लोकप्रिय परिकार : केराको मम

पाइने स्थान : चितवन बनाना क्याफे 

मूल्य : प्रतिप्लेट १००/–

हेटौंडा, मकवानपुर

लोकप्रिय परिकार : भुरा माछा र ढिडो

पाइने स्थान : टुप्पीको होटल

मूल्य : १२५/–

पिलुवा, बारा 

लोकप्रिय परिकार : लोकल कुखुराको सेकुवा, ग्रेभी, तास, बासमती चामलको भात, पानी घट्टामा पिँधेको फाफरको ढिँडो तथा लोकल कुखुराको मासु, 

पाइने स्थान : राजु होटल 

मूल्य : प्रतिप्लेट ३००/– रुपैयाँ सबै आइटम  

दमक, झापा

लोकप्रिय परिकार : सुङ्गुरको कान र सेकुवा

पाइने स्थान : एसजी होटल

मूल्य : प्रतिप्लेट १२०/— 

विराटचोक, मोरङ

लोकप्रिय परिकार : चिया

पाइने स्थान : फुयाँल होटल

मूल्य : प्रतिकप १०/– 

कानेपोखरी चौक, मोरङ

लोकप्रिय परिकार : खीर

पाइने स्थान : पारिजात होटललगायत अन्य

मूल्य : प्रतिप्लेट १००/—

काँकडभिट्टा, झापा 

लोकप्रिय परिकार : खसीको सेकुवा 

पाइने स्थान : कंचनजंघा, अतिथि तथा आसाम होटल

मूल्य : प्रतिप्लेट १८०/—

 

प्रकाशित :आश्विन ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्