ब्ल्याक ब्युटी एमी
आश्विन ३, २०७४
हट तथा क्युट अभिनेत्री एमी ज्याक्सनसँग यतिबेला कुनै पनि चलचित्र छैन, यद्यपि उनी प्राय: चर्चामै रहन्छिन् । सामाजिक सञ्जालमा आफ्नो सौन्दर्यको जादु छर्दै उनी दर्शकमाझ पुगिरहेकी हुन्छिन् ।
इन्स्टाग्राममा उनलाई फलो नगर्नेहरूले पछुताउनुपर्ने अवस्था छ, किनभने यी सुन्दर अभिनेत्री इन्स्टाग्राममा यति सक्रिय छिन् कि लगातार आफ्ना हट तस्बिर सार्वजनिक गरिरहन्छिन् ।
हालै मात्र एमीले एउटा ताजा तस्बिर अपलोड गरिन्, जसमा उनले एउटा छोटो कालो पहिरन लगाएकी छिन् भने एउटा रंगीन स्कार्फलाई हेयरब्यान्डका रूपमा प्रयोग गरेकी छिन् ।
अक्षय कुमार तथा रजनीकान्तसँग अभिनय गरेको चलचित्र ‘२.०’ को प्रदर्शनको पर्खाइमा रहेकी एमीको उक्त तस्बिरले इन्स्टाग्राममा थुप्रै लाइक तथा कमेन्ट पाएको छ जसमा अधिकांशले ‘ब्ल्याक ब्युटी’ भन्दै उनको प्रशंसा गरेका छन् ।
प्रकाशित :आश्विन ३, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्