युट्युवमा नेपाली शास्त्रिय संगीत

- साप्ताहिक संवाददाता

आश्विन २, २०७४- 

विगत तिन दशक देखि इसराज वादनमा सक्रिय इसराजवादक सन्तोषभक्त श्रेष्ठले शास्त्रिय र सुगम संगीतमा आफ्नो प्रस्तुति दिंदै आएका छन् ।

हजारौं गीतमा इसराजवादन प्रस्तुत गरी सकेका श्रेष्ठले हालै राग मधुबन्तीमा दिएको संगीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । 

पेश्कार स्टुडियोले निर्माण गरिएको उक्त संगीतमा वरिष्ठ तबला वादक नवराज गुरुङ तथा सुगमा गौतमले तानपूरामा साथ दिएका छन् । पेश्कार स्टुडियोले नेपाली शास्त्रिय संगीतको प्रचारप्रसारका लागि अनलाइन स्टेजको निर्माण गरी नेपाली शास्त्रिय संगीतलाई अन्तराष्ट्रिय करण गर्ने प्रयास गरिरहेको छ । 

मधुबन्तको म्युजिक भिडियो

प्रकाशित :आश्विन २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्