‘युवापुस्ता’ खोज्दै देश दौडाहामा कलाकार

- साप्ताहिक संवाददाता

आश्विन २, २०७४

 

पछिल्लो समय विभिन्न कारणले सबैभन्दा धेरै चर्चामा रहेको फिल्म हो ‘छक्का पञ्जा २’ । असोज ११ गते फूलपातीको दिन प्रदर्शनमा आउँने यो फिल्मका कलाकार यतिबेला देश दौडाहामा छन् ।  फिल्मको प्रचारका लागि  फिल्ममा शिर्ष भूमिकामा रहेर अभिनय गरेका सम्पूर्ण कलाकार राजधानी बाहिरका बिभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन् । 

झापाको दमक बाट प्रचार यात्रा प्रारम्भ गरेका फिल्मका कलाकार इटहरी, हेटौंडा नारायणगढ लगायतका शहरमा प्रचारमा पुगिसकेका छन् । फिल्मकी निर्देश दीपाश्री निरौला, कलाकार जितु नेपाल, दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत केदार घिमिरे, स्वस्तिमा खड्का लगायतको टोली देशका विभिन्न शहरमा प्रचारका लागि पुगेका हुन् । कलाकार सँगै फिल्म युनिटले गायक हेमन्त शर्मालाई पनि फिल्मी प्रचारमा साथमा लगेको छ । 

प्रकाशित :आश्विन २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्