न्यौपानेको ‘करोडौं कस्तुरी’लाई अनेवा

- साप्ताहिक संवाददाता

आश्विन १, २०७४

 

युवा आख्यानकार अमर न्यौपानेको पछिल्लो आख्यान कृति ‘करोडौं कस्तुरी’ले यो वर्षको ‘अनेवा’ पुरस्कार प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय (अनेवा) प्रतिष्ठान बेलायतले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यो वर्ष न्यौपानेको करोडौं कस्तुरीलाई प्रदान गरिएको हो । न्यौपानेलाई ६० हजार रुपैयााको ‘अनेवा नक्षेत्र’ पुरस्कार प्रदान गरिएको हो ।  

दशक लामो अध्यापन पेशा छाडेर पुलटाईमर लेखक बनेका न्यौपानेले लेखकका लागि पुरस्कार ऊर्जा प्रदान गर्ने बताउँदै सम्मान र माया पाउँदा लेखन र लेखकप्रति गर्व लाग्ने बताए । 

गत साता सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राजदूत दुर्गाबहादुर सुवेदीले न्यौपाने लेखेर कहिल्यै नथाक्ने साहित्यकार रहेको बताए । नेपाली उपन्यासको भविष्य उज्ज्वल देखेका राजदूतले अगाडि भने, ‘पाठकहरूको नेपाली अक्षरप्रति सम्मान, स्नेह र समर्पणको भाव छ । एउटा कृति लेख्दा साहित्यकारहरूको समय, मस्तिष्क र श्रम कम खर्च भएको हुन्न । 

प्रकाशित :आश्विन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्