Teej banner

मिष्टर टिन अभिविन्द

- साप्ताहिक संवाददाता

आश्विन १, २०७४

 

इभेन्ट्स नेपालको आयोजनामा हालै राजधानीमा सम्पन्न भएको टिनएज किशोरहरुमा समर्पित प्रतियोगिता मिष्टर टिन २०१७ को उपाधि अभिविन खनियाँले जितेका छन् । अभिविन्दले प्रतियोगितामा मिष्टर पपुलर र मिष्टर पब्लिक रिलेसनको अवार्ड पनि जित्न सफल भए । 

राजधानीको सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा संचालन भएको उक्त प्रतियोगितामा ट्यालेन्ट अवार्ड सहित विकेश प्रजापति फस्ट रनर अप तथा भिअर च्वाइस अवार्ड सहित जेनिथ कार्की सेकेन्ड रनर अपका रुपमा चयन भएका छन् । 

उत्कृष्ट तीन विजेताहरुले क्रमश: नगद पुरस्कार  तीस हजार, बीस हजार र दश हजार प्राप्त गरेका छन् । अन्य विधातर्फ प्रदिप तामाङ फोटोजेनिक र फ्रेन्डशीप, सिरिज डंगोल पर्सनालिटी, कौशल भट्टराई डिसिप्लीन, राजन तिवारी वेष्ट वाक, युवराज सिंह वेष्ट ड्रेस तथा वसन्त खड्का र युकेश थापा अर्गनाइजर च्वाइस अवार्डमा विजेता निक्र्यौल गरिएका थिए ।  

 

प्रकाशित :आश्विन १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्